शिक्षक सेवा आयोग तयारी: सफलताको साँचो

सफलताका लागि सबैभन्दा राम्रो सूत्र भनेको आत्मविश्वास, लगनशीलता र परिश्रम हो भन्ने कुरामा दुविधा छैन।  तर यसका लागि एउटा अर्को पक्ष पनि त्यतिकै जरुरी छ त्यो हो विषयवस्तु, सन्दर्भ र सो सन्दर्भ अनुसार संवाद गर्नसक्ने सीपको विकास ।

यसको अर्थ हो पाठ्यक्रममा समाहित विषयवस्तुलाई राम्ररी अध्ययन गरेर र घोकेर मात्र हुँदैन त्यसलाई सन्दर्भ अनुरुप बुझ्नु र त्यसको प्रभावकारी सम्प्रेषण पनि त्यत्तिकै आवश्यक छ।

पक्कै पनि विषयगत प्रश्नपत्रभित्र सबै प्रश्नहरू परीक्षार्थीको बोध र उसँग रहेका सूचनासँग सम्बद्धमात्र हुँदैनन्। तीमध्ये कतिपय प्रश्नहरूले आफूले प्राप्त गरेको सूचनालाई स्थानिकिकरण र सन्दर्भ मिल्दो उत्तर दिनुपर्ने समेत हुन सक्छ। त्यस्तै वस्तुगत प्रश्नको हकमा समेत धैर्यपूर्वक प्रश्न पढ्ने, बुझ्ने र त्यसपछि मात्र उत्तरमा  पर्ने हुन्छ।  आज हामीले वस्तुगत र विषयगत दुवै खालको प्रश्नको हकमा के गर्न सकिन्छ भन्ने बारे छोटो छलफल गर्ने छौं।

वस्तुगत प्रश्नको हकमा

वस्तुगत प्रश्नमा कि पूर्णाङ्क कि शुन्याङ्क आउने भएकाले  यस्ता प्रश्न अति नै महत्वपूर्ण हुने गर्दछन्। यस्ता प्रश्नको हल गर्ने क्रममा केही कुरामा ध्यान दिने पर्ने हुन्छ।

राम्ररी पढ्ने

सबैभन्दा पहिले वस्तुगत प्रश्हरूलाई राम्ररी पढ्ने र बुझ्ने र त्यसपछि दिइएका उत्तरहरूलाई एक एक गरेर पढेर सही उत्तरको निर्क्यौल गर्नु पर्दछ।  यस्तो गर्दा ध्यान दिनु पर्ने कुरा के हुन्छ भने सबै प्रश्नहरू प्रश्नपत्रमै उपलब्ध रहेका हुन्छन् र अर्को कुरा रेजा लगाउँदा एक पटक गलत उत्तरमा लागिसकेको छ भने त्यसलाई कुनै पनि हालतमा सुधार्न सकिन्न किन भने त्यसलाई काटेर अर्को ठाउँमा रेजा लगाउनुको कुनै औचित्य हुँदैन।

सम्बन्धित् समाचार  शिक्षक सेवा आयोग तयारी: के गर्ने परीक्षाको दिन?

समय व्यवस्थापन

त्यस्तै समय पालनामा पनि सुरु देखि नै ध्यान दिनु पर्दछ।  अर्थात वस्तुगत प्रश्न हल गर्न प्रदान गरिएको समय ननाघ्ने गरेर रेजा लाइसक्नु पर्ने हुन्छ।

आँट गर्ने

यदि कुनै प्रश्नको उत्तर केही गर्दा पनि थाहा हुन सकेन भने यस परिक्षामा हाल सम्म अनुमान लाए वापत दण्डित गरिने प्रावधान नरहेकाले आफूलाई सही लागेको कुनै एक उत्तर मा रेजा लाउनु बेस हुन्छ कुनै पनि हालतमा वस्तुगत प्रश्नपत्र आध- अधुरो छोड्नु हुँदैन।

विषयगत प्रश्न

विषयगत प्रश्नहरू फरक फरक विषय अनुसार पाठ्यक्रमले तोके अनुरुप फरक फरक सोधिने गरिन्छ।  यस्ता प्रश्नहरूको उत्तर दिने क्रममा अझ ध्यान दिनु जरुरी छ ।

यस्ता परीक्षाको तयारीका लागि एउटा प्रभावकारी उपाय भनेको समूह बनाएर अध्ययन गर्ने पनि हो। यसो गर्दा विषयवस्तुका बारेमा बहस छलफल गर्न सजिलो हुन्छ र  विषयमा समेत सजिलै निष्कर्षमा पुग्न सकिन्छ।  तर वर्तमान पाठ्यक्रम विषय विशिष्टीकरण केन्द्रित भएकाले सबै विषयका परीक्षार्थीहरूले एउतै समूहमा छलफल गर्न भने सम्भव छैन।

यसका लागि  सके आफ्नै विषयको र यो सम्भव नभए मिल्दा विषयका परीक्षार्थीहरूले एक ठाउँ बसेर सामुहिक छलफल गर्न सक्छन्।  जस्तै भाषा शिक्षण विषयमा  धेरै हदसम्म पाठ्यक्रम  मिल्छ।  त्यस्तै गणित र विज्ञानमा केही शैक्षनिक सीप र क्रियाकलाप सम्बन्धी छलफल गर्न सकिएला।  सामाजिक शिक्षा र अन्य सामाजिक समूहहरूको पनि सीप एवं क्रियाकलापबार्रे छल फल गर्न सकिएला।

सम्बन्धित् समाचार  लोकसेवाको तयारी गर्नेहरुका लागि यस्ता छन् प्रश्नहरु

अन्तर्विधात्मक उपागमको प्रयोग

वर्तमान समयमा ज्ञानको क्षेत्र फराकिलो भएर गएको छ र ज्ञानका कतिपय क्षेत्रहरू विस्तीर्ण हुँदै एकापसमा जेलिन पुगेका छन्।  यस्तोमा अन्तर्विधात्मक (Interdisciplinary) अध्ययनले विषयवस्तुलाई बुझ्न सजिलो पारिदिन्छ।  यो भनेको प्रत्येक विषयवस्तु कुन कुन विधामा केकसरी बुझिने, पढिने र हेरिने गरेको छ भनेर अध्ययन गर्नु हो।

शिक्षा आफैंमा एक भन्दा बढी विधाहरूको सम्मिश्रण भएकाले शैक्षणिक क्रियाकलाप निर्धारण गर्ने क्रममा मनोविज्ञान समाजशास्त्र र शिक्षण विधिको सम्मिश्रण आवश्यक रहन्छ।

केही नबार्ने 

अर्को महत्वपूर्ण कुरा तयारीको क्रममा आवश्यक सूचना जुनसुकै स्रोतबाट पनि लिन हिच्किचाउनु हुँदैन अर्थात यो त मेरो विषयसँग सम्बद्ध छैन भन्दै बाराबार गर्नु राम्रो होइन।  सिधा शब्दमा भन्नु पर्दा स्रोत जुनसुकै होस जानकारीको प्रमाणिक परीक्षण गरेर त्यसलाई ग्रहण गर्दा हानि हुँदैन।

तुलना गर्ने र सन्दर्भ अनुरूप उत्तर खोज्ने

कतिपय विषयमा विषयवस्तुको अवधारणालाई अन्य विषयका उस्तै अवधारणाहरूसँग समानता र असमानताको आधारमा तुलना गर्न सकिन्छ।  उदाहरणका लागि अंग्रेजी विषयलाई नै लिऊँ। यसमा एउटा पाठ्यवस्तु छ अंग्रेजी र नेपाली ध्वनिहरूको तुलनात्मक अध्ययन। अब यदि तयारीकै क्रममा नेपाली बार्दै जाने हो भने यो तुलना सम्भव छैन।  पछिल्लोपल्टको परिक्षामा एउटा प्रश्न सेमत सोधिएको रहेछ- नेपाली विद्यार्थीहरूलाई /f/ र /v/ ध्वनि कसरी पढाउने भनेर।

सम्बन्धित् समाचार  लोकसेवा परीक्षामा कसरी उत्कृष्ट अंक ल्याउने ? जानिराखौं यी टिप्सहरु

यस प्रश्नको उत्तर लेख्दा यी दुई ध्वनिहरू बारे मात्रै होइन नेपाली र अंग्रेजीको समग्र ध्वनि प्रणाली बारे तुलनात्मक जानकारी हुनु आवश्यक छ। सबैभन्दा पहिला त अंग्रेजी र नेपाली भाषामा केही यस्ता ध्वनीहरू  उस्तै सुनिने भएपनि उच्चारणस्थान, उच्चारण प्रयत्न आदिका दृष्टिले पृथक छन्।  त्यस्ता ध्वनिहरूले अक्सर सिकाइमा नकारात्मक असर पार्ने हुन्छन।  अक्सर यस्ता ध्वनिहरूको शिक्षण चुनौतिपूर्ण हुने भएकोले परीक्षामा यी ध्वनिहरूसँग सम्बन्धित प्रश्नहरू  बढी रहन्छ।

उदाहरणका लागि अंग्रेजी भाषामा जस्तो नेपालीमा दान्त्योष्ठ (labio-dental) ध्वनिहरू उपलब्ध छैनन्।  यस्तो अवस्थामा नेपाली भाषी विद्यार्थीहरूलाई  /f / र /v/ ध्वनिहरू शिक्षण गर्दा विशेष ध्यान पुग्नु आवश्यक छ।  सामान्यतया यी ध्वनिहरूलाई नेपाली भाषामा रहेका ओष्ठ्य वर्ण /फ/ र /भ/  द्वारा प्रतिस्थापित गरेर बुझिने गरेको भएपनि यो बुझाइ त्रुटिपूर्ण छ।  त्यसैले यस्सम्बद्ध प्रश्न सोधिएका खण्डमा यस पाटोलाई समेटिएर उत्तर लेख्नु पर्ने हुन्छ।

त्यस्तै नेपाली भाषी विद्यार्थीका लागि /s / र /ʃ/ तथा /z /,/ʒ / र /ʤ/ ले पनि झुक्याउन सक्छन।  त्यस्तै धेरै अल्पप्राण र महाप्राण(aspirated and unaspirated) ध्वनिहरू शिक्षण गर्दा समेत विशेष ध्यान पुग्नु पर्दछ। किनभने अंग्रेजी भाषामा प्राणत्वले अर्थान्तर ल्याएका उदाहरण उपलब्ध छैनन्।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: