देव दर्शन सहकारीले वृद्धाश्रमलाई भाँडाकुँडा हस्तान्तरण

काठमाडौ, साउन २४ । देवदर्शन वचत तथा ऋण सहकारी संस्थाले आफ्नो १० औं वार्षिकोत्सवको उपलक्ष्यमा वृद्धा आश्रमलाई आवश्यक भाँडाकुँडा सहयोग हस्तान्तरण तथा एकदिने भोजनको आयोजना गरेको छ ।

राजधानीको चन्द्रागिरि नगरपालिका वडा ६ मा रहेको मातातीर्थ वृद्धाश्रमलाई एक कार्यक्रमको आयोजना गरी संस्थाका अध्यक्ष रामनारायण घिमिरे र प्रदेश सदस्य वेलीमाया घलेले उक्त आवश्यक भाँडाकुडा सहयोग हस्तान्तरण गरेको हो ।

१० औं वार्षिकोत्सवको उपलक्ष्यमा वृद्धाश्रमलाई आवश्यक करिब २० हजार बराबर आवश्यक भाँडा वर्तन सहयोग हस्तान्तरण गरिएको देव दर्शन वचत तथा ऋण सहकारी संस्था रामनारायण घिमिरे बताए ।

संस्थाले वार्षिकोत्सवको उपलक्ष्यमा खुला व्याटमिन्टन प्रतियोगिता र रत्तदान सम्पन्न गरिसकेको छ।

कमेन्ट गर्नुहोस्