आश्रमको सहयोगार्थ गोरखा सेवा समाजद्वारा कतारमा सेमीनार आयोजना

दोहा, साउन २५ । गोरखा सेवा समाज कतारले आमा सेमिनार कार्यक्रम गर्ने भएको छ । कतारमा रहेर मानवीय सेवामा सक्रिय रहेको समाजले मानव सेवा आश्रम गोरखाको सहयोगार्थ आमा सेमिनार तथा तनाव व्यवस्थापनको लागि सकारात्मक सोच प्रवर्द्धन कला एवम् खुशी एक कला कार्यक्रम गर्ने भएको हो ।

मानव सेवा आश्रम नेपालका अध्यक्ष एवम् प्रमुख प्रशिक्षक रामजी अधिकारीको सहजीकरणमा हुन लागेको कार्यक्रममा श्रृजनाशिलता, सकारात्मक सोच र सामाजिक भावनासहित असल सामाजिक व्यक्तित्व निर्माण गर्दै, समृद्ध समाज र राष्ट्र निमार्णको अभियानका लागि योगदान पुर्‍याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको समाजका अध्यक्ष राकेश श्रेष्ठले बताए ।

मानव सेवा आश्रमलाई आर्थिक सहयोग गर्ने पबित्र उदेश्य साथ कतारमा पहिलो पटक आयोजना गर्न लागीएको कार्यक्रमका संयोजक एवम् गोरखा सेवा समाजका प्रथम उपाध्यक्ष रामजी खत्रीले आगामी सेप्टेम्बर २१ तारिख शुक्रबारका दिन सालिमार प्यालेस रेस्टुरेन्ट नज्मा, दोहामा हुने कार्यक्रममा सहभागीता जनाइ सफल पारिदिन दोहा स्थित विभिन्न सामाजिक संघसंस्था, समाजसेवि, ब्यबसायी, बुद्धिजिवि, पत्रकार लगाएतलाइ आग्रह गरे ।

सहभागीताको लागि प्रति ब्यक्ति कतारी रियल ७५ शुल्क तोकिएको कार्यक्रममा सहभागी जनाउन चाहनेको लागि सहभागिताको प्रमाणपत्र सहित खाना, खाजा तथा यातायातको सुबिधा रहेकोले १५० देखि २०० जनाको सहाभागिता हुने अपेक्षा गरिएको कार्यक्रम संयोजक खत्रीले बताए ।

करीब एक वर्ष अगाडिबाट संचालनमा आएको मानव सेवा आश्रम गोरखामा अहिले ५२ जना नानीबाबुले आश्रय लिइरहेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!