वलम्वु प्रहरीको अभियान ‘ट्राफिक नियमको पालना, प्रहरीको आँखा छल्नमात्र होइन’

काठमाडौं, साउन २५ । ‘टोल टोलमा प्रहरी’ अभियानअन्तर्गत महानगरीय प्रहरी प्रभाग बलम्वुले सप्ताहब्यापी ट्राफिक सचेतना अभियान सुरू गरेको छ ।

प्रहरी प्रभाग बलम्वुले सप्ताहब्यापी ‘ट्राफिक नियमको पालना, प्रहरीको आँखा छल्नमात्र होइन’ भन्ने नाराका साथ हस्ताक्षर संकलन अभियानका साथै ट्राफिक सचेतना अभियान सुरू गरेको हो ।

राजधानीको चन्द्रागिरिमा मोटरसाईकलमा ३ जना बस्ने, हेलमेट नलगाई सवारी साधन चलाउने सम्बन्धी एकहप्ते सचेतना अभियान सुरू महानगरीय प्रहरी प्रभागकी प्रहरी निरिक्षक शर्मिला गुरूङले बताईन ।

सवारी नियम उलंघन गरी गुड्ने सवारी साधनका चालकहरुबाट स्वत स्फुर्त रुपमा गल्ती आत्मसात गरी आगामी दिनमा सवारी नियमको पालना गर्ने प्रतिबध्दता ब्यक्त गर्ने उद्देश्यसहित सप्ताहब्यापी ‘ हस्ताक्षर संकलन अभियान’ सुरु भएको निरिक्षक गुरूङले जानकारी दिएकी हुन् । जसअन्तर्गत सवारी चालकहरुले प्रहरीको उपस्थिति वा अनुपस्थिति जहाँ पनि ट्राफिक नियमको पालना गर्ने प्रतिबद्धता जनाएका थिए ।

चन्द्रागिरिको दहचोक, वोसी गाउँ, मातातिर्थ, सतुङ्गल, गुर्जुधारा, बलम्वु, नैकाप लगायत स्थानहरूमा यो अभियान सुरु गरिएको हो ।

उत्त क्षेत्रमा बिहान ९ देखि ११ बजेसम्म र अन्य स्थानमा भने बिहान १० देखी १२ बजेसम्म यो अभियान सञ्चालन भईरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना न्युनीकरणका लागि यस्ता अभियानले नागरिकहरूमा चेतना बढ्ने, ट्राफिक नियमको उल्लङ्घन गर्दा हुने क्षतिको बारेमा जानकारी हुने र दुर्घटना कम हुनेमा स्थानीय हर्षित भएका छन् ।

केही तस्वीरहरुको झलक-

कमेन्ट गर्नुहोस्

error: Content is protected !!