डा. धामीको ‘भीर मौरीको मह’ भिडियोसहित

काठमाडौं, साउन २५ । डा हिमाल धामीको पहिलो तीज कोसेली ‘भीर मौरीको मह’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतको भिडियो म्युजिक नेपालले शुक्रबार युट्युब मार्फत सार्वजनिक गरेको हो ।

करीव एक महिना अघि नै अडियो आइसकेको उक्त गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको हो । डा धामीको शब्द, संगीत र लय रहेको गीतमा सुरेश शाही र दिपा रोकायको स्वर रहेको छ ।

मीन रावलले सम्पादन गरेको भिडियोका छायांकन डीबी रौलेले गरेका हुन् । डीबीराज बिकले निर्देशन गरेको भिडियोमा करिश्मा, होरिज, लक्ष्मी र डम्बरको अभिनय गरेका छन् ।

हेर्नुहोस भिडियो

कमेन्ट गर्नुहोस्