आइरन चक्की खाएपछि २४७ छात्र अस्पताल भर्ना, एकको मृत्यु

मुम्बई । मुम्बइृको एक स्कूलमा वितरण गरिएको आइरन चक्कीका कारण सयौं विद्यार्थी बिरामी भएका छन् भने एक छात्राको मृत्यु भएको छ ।

भारतीय मिडियाका अनुसार, सबैलाई अस्पताल भर्ना गरिएको छ ।

अहिले घाइतेहरुको अवस्था खतरामुक्त रहेको बताईको छ ।

शिवाजी नगरमा जीएमएमसी (बिएमसी) स्कूल नम्बरका चारका २११ जना विद्यार्थीलाई राजवाडी अस्पतालमा भर्ना गरिएको छ । यसैगरी ३६ विद्यार्थी शताब्दी अस्पतालमा भर्ती गरिएका छन् ।

स्कूलमा बाँडिएको आइरन चक्की खाएपछि सबैको स्वास्थ्य खराब भएको थियो ।

आइरन चक्कीका बारेमा अनुसन्धान जारी भएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  कश्मिरमा कडा सुरक्षाबीच दोहोरो गोली हानाहान
%d bloggers like this: