मेसी, रोनाल्डो र सलाह वर्ष खेलाडीको अन्तिम तीनमा

लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो र मोहमद सलाह युइएफए वर्ष खेलाडीको अन्तिम तीनमा पर्न सफल भएका छन् । युरोपियन फुटबलकै सर्वोच्च संस्था युइएफएले बिहीबार ३ खेलाडीको सूची सार्वजनिक गरेको हो ।

गत सिजनमा युरोपियन च्याम्पियन्स लिग फुटबलमा सलाह, रोनाल्डो र मेसी मात्र उत्कृष्ट स्ट्राइकरका रूपमा रहेको युइएफएले जनाएको छ । रियलले लगातार तीनपटक उपाधि रक्षा गर्दा रोनाल्डोले सर्वाधिक १५ गोल गरेका थिए । लिभरपुलका सलाहले लिभरपुललाई १६ वर्षपछि फाइनल पु(याउने क्रममा १० गोल गरेका थिए । यसैगरी, उनले चारपटक साथीहरूलाई गोलका लागि पास उपलब्ध गराए ।

बार्सिलोनाका स्टार स्ट्राइकर मेसीले गत सिजनको च्याम्पियन्स लिगमा ६ गोल गरेका थिए । यसैगरी, उत्कृष्ट डिफेन्डरमा रियलका मार्सेलो, सर्जियो रामोस तथा राफेएल भराने शीर्ष ३ भित्र समावेश भएका छन् । यसैगरी, मिडफिल्डरमा रियलका टोनी क्रुज र लुका मोड्रिकले म्यानचेस्टर सिटीका केभिन डे ब्रुयनेविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । एजेन्सी

कमेन्ट गर्नुहोस्