आज प्रधानमन्त्री ओली र डा.केसीबीच भेटवार्ता

काठमाडौँ, साउन २६ । आज (शनिबार) प्रधानमन्त्री केपी शर्मा ओली र डा. गोविन्द केसीबिच भेटवार्ता हुँदैछ । बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुने तय भएको प्रधानमन्त्री स्रोतले जनाएको छ ।

चिकित्सा शिक्षा विधेयकमा भएको तोडमोडको विरोधमा डा. केसी २७ दिनसम्म अनशन बसेका थिए । सरकारसँग सम्झौता भएपछि साउन १० गते अनशन तोडेका थिए ।

तर सम्झौता कार्यान्वयनमा सरकार उदासिन भएको डा. केसीको आरोप छ । यहिबीचमा प्रधानमन्त्रीसँग हुन लागेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । डा. केही बिहान ११ बजेपछि बस चढेर बालुवाटार पुग्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  महासभाका लागि प्रधानमन्त्री अमेरिका जाँदै
%d bloggers like this: