शिक्षाले मात्र सम्वृद्धि

वैद्धिक समाज शिक्षाको सवालमा कठोर थियो, वेदमा आधारित वैद्धिक शिक्षालाई सामाजिक प्रणालीे केवल अभिमानि वंशलाई मात्र शास्त्र वा शिक्षामा अनुमति दिएको थियो । वैद्धिक शिक्षा हिन्दु सभ्यता र शास्त्रमा आधारित थियो । शास्त्रमा आधारित शिक्षा भए पनि शास्त्र तथा वेदमा चिकित्सा शिक्षा र व्यावहारिक शिक्षाका सवालहरुका बारेमा प्रशस्त उल्लेख गरिएको पाईन्छ ।

रमेश विश्वकर्मा

उपनिशेदको सवैभन्दा पुरानो भागमा शिक्षालाई खोजी कार्यको रुपमा प्रयोग गरेको पाईन्छ, जहाँ सत्यको खोजी गुरु र चेलाहरु सहभागि भई तर्क र प्रश्न गरि गरिन्थ्यो, अहिले शिक्षाको खोजीकार्यको रुपमा विज्ञानको विकास भएको छ । एसियाली समाज विकास क्रम शिक्षाको गुरुकुल प्रणाली वा हिन्दु आवाशिय विद्यापिठको विकास हुदै सार्वजनिक विश्वविद्यालयको रुपमा विकास भएको छ ।

शिक्षा र सम्वृद्धिमा कस्तो प्रभाव र अन्तर सम्बन्ध हुन्छ भन्ने तथ्य युरोपको शैक्षिक विकास र व्यावहारिक शिक्षाको प्रयोग र समाज विकासको परिणामलाई मात्र अध्यायन गरे पर्याप्त हुन्छ । युरोपमा विश्वविद्यालय शिक्षाको विकास ११ औ शताब्दिमै भयो, १६औ शताब्दिमा अमेरीकी विश्वविद्यालयहरु स्थापना भए, यशियामा विश्वविद्यालय शिक्षाको विकास २०औ शताब्दिमा सस्थागत भयो, नेपालमा भने सस्थागत शिक्षाको विकास अलि ढिलो भएको पाईन्छ, नेपाली शिक्षाको सस्थागत विकासस भएको एक शताब्दि पनि भएको छैन ।

देशको सवै भन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्ववद्यालयको हिरक जयन्ति आगामी वर्ष मात्र राज्यले मनाउदै छ । जेहोस समाजिक विकास र सम्वृद्धिका लागी शिक्षाको महत्व हाम्रो समाजमा पनि जर्वजस्त रुपमा उठेको छ, जसरी हिजो युरोप अमेरिकामा उठेको थियो ।

हुनत नेपालमा पनि सामाजिक आवश्यकता अनुशार १४ शताब्दि मै शिक्षालाई जीवनको आधारमा व्यावसायीक प्रणालीको विकासको रुपमा प्रयोग गर्न खोजेको पाईए पनि सस्थागत विकास दरवार हाईस्कुल, त्रिचन्द्र कलेजको स्थापना पश्चात मात्र भयो । २००७ पश्चात मात्र शिक्षालाई राज्यले दायित्वको रुपमा स्विकार गर्यो । देशको सवै भन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्ववद्यालयको हिरक जयन्ति आगामी वर्ष मात्र राज्यले मनाउदै छ । जेहोस समाजिक विकास र सम्वृद्धिका लागी शिक्षाको महत्व हाम्रो समाजमा पनि जर्वजस्त रुपमा उठेको छ, जसरी हिजो युरोप अमेरिकामा उठेको थियो ।

अहिले, विश्व आधुनिकता सँगै शिक्षाको परिभाषा फेरिएको छ । हिजो ज्ञानलाई शिक्षाको रुपमा लिईन्थ्यो आज प्रयोग सहितको ज्ञानले प्रदानता पाएको छ । समाजको चेतनास्तर फेरीको छ मानव समाजका आवश्यकताहरु फेरिएका छन हिजोको ज्ञानको क्षेत्र आजको विज्ञानले प्रतिस्थापन गरेको छ । आजको शिक्षालाई हिजोको जस्तो ज्ञानको रुपमा मात्र बुझ्दा गलत हुन्छ । ज्ञान विनाको प्रयोग र प्रयोग विनाको ज्ञानलार्ई अहिलेको समाजले शिक्षाको रुपमा स्वीकार्न सक्दैन । त्यसो भए आजको शिक्षा के हो त ? शिक्षामा आजको आवश्यकता के हो ? देशको सम्वृद्धिमा शिक्षाको भुमिका कस्तो रहन्छ ? मसिनो बहस शिक्षा क्षेत्रमा हुन जरुरी छ ।

राजनिति समस्या होईन बरु सामाजिक समस्या हल गर्ने विधि हो । सामाजिक समस्या हल गर्ने विधि सहि छ वा गलत शिक्षाको प्रयोगले मात्र निर्धारण गर्न सक्छ । शिक्षा सहि भए, विधि सहि बन्छ, विधि गलत भए शिक्षा प्रति प्रश्न उठ्छ । राज्यले राजनीतिलाई ज्ञान र विज्ञानसँग जोड्न नसकेको खण्डमा राजनिति प्रयोगवादी भन्दा ज्ञानवादी हुन्छ । त्यसैले शिक्षालाई राजनिति, ज्ञान र विज्ञानसँग जोड्न सकिएन भने शिक्षा अव्यावहारिक रुपमा विकास हुदै जान्छ, नेपालको शिक्षामा देखिएको समस्या यहि हो ।

गुरुकुलमा आधारित हाम्रो परम्परागत शिक्षा पछिल्लो समय कक्षा शिक्षाको रुपमा ज्ञान हासिल गर्ने पद्धतिको रुपमा विकास भयो तर समाज र राष्ट्रको आवश्यकता र विकासमा प्रयोगवादी शिक्षा पद्धतिको विकास गर्न सकिएन ।

त्यसो भए नेपालमा राजनितिक क्षेत्र र शैक्षिक क्षेत्रको विकासको समन्वयात्मक पक्ष कम्जोर बनेको हो ? अहिले सम्वृद्धिको नारा सँगै प्राविधिक तथा व्यावसायी शिक्षाको महत्वका सवालहरु देखिएका छन । हुन त गुरुकुलमा आधारित हाम्रो परम्परागत शिक्षा पछिल्लो समय कक्षा शिक्षाको रुपमा ज्ञान हासिल गर्ने पद्धतिको रुपमा विकास भयो तर समाज र राष्ट्रको आवश्यकता र विकासमा प्रयोगवादी शिक्षा पद्धतिको विकास गर्न सकिएन ।

सरकारले सार्वजनिक सम्पतिको खोजी र प्रयोग गर्न मात्र सकेमा पनि सम्वृद्धिको आधार तयार बन्न सक्छ तर सरकार सम्वृद्धिको पुर्वतयारी र सम्वृद्धिको ढाचाका सवालमा पर्याप्त छलफल विना नाराहरु ओकली रहदा, यसले परिणाम तत्काल देखाउन सक्ने सम्भावना न्युन बन्दै गएको छ ।
युरोप, अमेरिका, सिगापुर, जापान, कोरिया लगायतका देशहरुको विकास नाराले मात्र भएको होईन, उदियमान देशहरु पनि नाराको भरमा मात्र प्राप्त उपलब्धिहरु हासिल गर्ने अवस्था थिएन । सम्वृद्धिका लागी सार्वजनिक शिक्षामा लगानी मात्र होईन विकासका लागी अर्थपुर्ण विद्यालय र विश्वविद्यालयमा बहस गराउन सकेर सफलता हासिल गर्यो । समाजको आवश्यकता र जनताको चाहान तथा ईच्छालाई शिक्षा सँग जोडियो, अनुसन्धान मुलक शिक्षामा लगानी बढाईयो ।

विकास अभियान पुर्व युरोपमा केहि समय जागरणकै वर्षको रुपमा व्यथित भए । वेलायत, अमेरिका, जापान, फ्रान्सको विकास पुर्वको अवस्थामा पनि विश्वविद्यालयहरुमा पर्याप्त थप बहस र छलफल भएको पाईन्छ, अध्यायन अनुसन्धान भएको पाईन्छ । सम्वृद्धिको पहिलो पक्ष नागरिकमा सम्वृद्धिको सवालमा के, कसरी र किन भन्ने सवालमा प्रष्ट पार्न जरुरी छ, यस सवालमा सरकार चुकेको छ । सरकारको सम्वृद्धिको नारा दिदै गर्दा नागरिक सम्वृद्धि कता बाट आउदैछ हेरेर बसेको अवस्था छ । देशमा भारतिय रेल वा चिनियाँ रेल जे आए पनि सामाजिक उत्तरदायित्व विना र जनताको उल्लेख्य सहभागिता, उत्पादन र सार्वजनिक सम्पतिको महत्व विनाको सम्वृद्धिले दिगो रुप लिनेमा शंका छ ।

शिक्षाको गुणस्तरलाई उत्पादनले निर्धारण गर्नु पर्नेमा बरु शिक्षाको गुस्तरलाई विद्यालयको भवन, विद्यार्थीको ड्रेस र सिकाई उपलब्धि सँग जोडिएर हेर्ने गरिन्छ । सिकाई उपलब्धि १०० प्रतिशत भएका विद्यालयहरुको पनि राष्ट्रिय उत्पादनमा योगदान के रह्यो त ?

सरकारले सार्वजनिक शिक्षाको विकासको क्षेत्रमा विगत देखि ठुलो बजेट खर्चेको छ, तर राज्यलाई प्रतिफल शुन्य छ । गाउँ गाउँमा क्याम्पसहरु छन, टोल टोलमा स्कुल छन, स्कुल र कलेजमा रहेको सिकाईको अवधिमा रहेको जनशक्तिलाई शिक्षा प्रणालीले राष्टिय उत्पादनको क्षेत्र सँग जोड्न सकेन । शिक्षाको गुणस्तरलाई उत्पादनले निर्धारण गर्नु पर्नेमा बरु शिक्षाको गुस्तरलाई विद्यालयको भवन, विद्यार्थीको ड्रेस र सिकाई उपलब्धि सँग जोडिएर हेर्ने गरिन्छ । सिकाई उपलब्धि १०० प्रतिशत भएका विद्यालयहरुको पनि राष्ट्रिय उत्पादनमा योगदान के रह्यो त ?

सार्वजनिक सम्पतिको महत्वका सवालमा स्कुल पढ्ने विद्यार्थीलाई सचेत गराउन जरुरी छ । प्रयोगात्मक शिक्षालाई उत्पादन सँग जोड्न सक्ने स्थानिय शिक्षा नितिहरु निर्माण हुन जरुरी छ । सार्वजनिक सम्पतिको महत्वका सवालहरु जनता समक्ष प्रभावकारी रुपमा सम्प्रेषण गर्न विद्यालय र विश्वविद्यालयकोे माध्यमको प्रयोग गर्न आवश्यक छ ।

राज्यले नागरिकलाई माध्यामिक शिक्षा निशुल्क शिक्षाको रुपमा प्रदान गरेको छ तर निशुल्क शिक्षाको प्रतिफल राज्यलाई शुन्य छ । राज्यले लगानी गरेको क्षेत्र बाट प्रतिफल प्राप्त हुदैन भने प्रतिफल मुखी पक्षका सवालमा शिक्षालाई प्रत्यक्ष रुपमा कसरी सम्वृद्धिको पक्ष सँग जोड्न सकिन्छ विश्वविद्यालय स्तर बाट बहस गर्न आवश्यक छ । अहिलेको शिक्षा उत्पादनको प्रमुख पक्ष र सम्वृद्धिको साझेदार बन्न आवश्यक छ ।

शिक्षा विकासको ढोका हो । अहिले देशमा ११ वटा विश्वविद्यालयहरु छन, एउटा प्राविधिक शिक्षा तथा व्यावसायी परिषद छ । कस्तो विकास ? कस्तो सम्वृद्धि ? सम्वृद्धिका लागी कस्तो शिक्षा ? सरकारले सम्वृद्धिको योजना बनाउदै गर्दा प्राविधिक शिक्षालय, विद्यालय, स्कुल क्याम्पस र विश्वविद्यालयका अल्पकालिन र दिर्घकालिन कार्यक्रमहरु त्यसैका आधारमा बन्नु पर्छ । विकास साझेदार तथा विद्यालय, विश्वविद्यालय सृजनात्मक सहयोग विना सम्वृद्धि सम्भव देखिदैन । संख्यात्मक र गुणात्मक दुवै हिसावले शिक्षामा सन्तोष गर्ने ठाउ छैन ।

पाठ्यक्रमहरु समाजको आवश्यकताका आधारमा निर्माण गर्न सकिएन, सके पनि प्रयोगमा ल्याउन राज्य असपल बन्यो, स्थानिय उत्पादन सँग शिक्षाको सम्बन्ध निर्माण गर्न सकिएन, बरु विदेशी विश्व विद्यालय र समाजको आवश्यकता सँग जोड्ने परिपाटीको विकासका कारण शिक्षा राष्ट्रको उत्पादन सँग नजोडिएर अन्र्तराष्टिय बजारको सस्तो श्रम शक्ति उत्पादन गर्ने शैक्षिक उद्योगको रुपमा विकास भए ।

गर्वको कुरा राज्य सँग विश्वको ११ औ ठुलो विश्वविद्यलय त्रिभुवन विश्वविद्यालय छ, विश्वविद्यालयलाई राष्ट्रिय उत्पादनको क्षेत्रमा डोर्याउन सकिएन, अरु १० वटा साना ठुला विश्वविद्यालयहरु छन यी विश्वविद्यालयहरु पनि राष्ट्रिय उत्पादन सँग जोडेर काम गर्ने पाठ्यक्रमको विकास गर्न सकेन । भएका पाठ्यक्रमहरु पनि कक्षाकोठाको बोर्डमै प्रयोग गर्ने परिपाटीको विकास भयो । पाठ्यक्रमहरु समाजको आवश्यकताका आधारमा निर्माण गर्न सकिएन, सके पनि प्रयोगमा ल्याउन राज्य असपल बन्यो, स्थानिय उत्पादन सँग शिक्षाको सम्बन्ध निर्माण गर्न सकिएन, बरु विदेशी विश्व विद्यालय र समाजको आवश्यकता सँग जोड्ने परिपाटीको विकासका कारण शिक्षा राष्ट्रको उत्पादन सँग नजोडिएर अन्र्तराष्टिय बजारको सस्तो श्रम शक्ति उत्पादन गर्ने शैक्षिक उद्योगको रुपमा विकास भए ।

छात्रवृतिमा विदेश पढ्न गएका नेपाली विद्यार्थीहरुले निश्चित समय सम्वन्धित देशलाई प्रतिफल आउने काम गर्नु पर्ने बाध्यात्मक नियम हुन्छ । तर हाम्रो राज्यले विशेष छात्रवृतिमा ठुलो रकम खर्च गरेर उत्पादन गरेको जनशक्तिलाई प्रयोग गर्न सकेको छैन । लाखौ विद्यार्थीहरु विश्वविद्यालयमा शिक्षा हासिल गरिरहेका छन, लाखौ विद्यार्थीहरु विदेशका विश्वविद्यालयमा उच्च शिक्षा हाँसिल गरिरहेका छन विडम्वना राज्य सँग देशको मानव श्रोत साधनको एकिन तथ्यांक छैन ।

देशमा ईन्जिनियरको सँख्या कति छ ? डाक्टरको सँख्या ? व्यावस्थापन क्षेत्रको जनशक्ति कति छ ? शिक्षा क्षेत्रको जनशक्ति कति छ ? स्वास्थ्य क्षेत्रमा योग्य जनशक्ति कति छ ? राज्यको जिम्मेवार निकाय वेखवर छ । विकासको मेरुदण्ड शिक्षालाई वेवास्ता गरेर सम्वृद्धि सम्भव छ ? समग्र क्षेत्रको विकासको पहिलो आधार शिक्षा हो, शिक्षाको व्यावहारिक विकासले मात्र सम्वृद्धि हासिल गर्न मद्धत गर्छ । करको दायरा बढाएर सरकारको ढुकुटी बढाउनु मात्र सम्वृद्धि भन्न मिल्दैन, बरु करको दायरा घट्नु सम्वृद्धिको सुचक हुन सक्छ । राज्यले दक्ष जनशक्तिको व्यापार गरेर रेमिट्यासको आधारमा सम्वृद्धिको सपना देख्नु विकासको सकारात्मक पक्ष हुन सक्दैन ।

विश्वविद्यालयहरुले देशको विकासका लागी प्रत्येक १ वर्षमा कुन श्रोणीको कस्तो जनशक्ति आवश्यक छ कोटा पुरा गर्ने प्रवृतिले भन्दा, अध्यायन अनुसन्धानको माध्यम बाट जनशक्ति उत्पादन गर्नु पर्छ ।

राज्यले तत्काल देशको जनशत्तिको विस्तृत तथ्यांक निर्माण गर्न आवश्यक छ । क्षेत्रगत जनशत्तिको वर्गिकरण गर्न आवश्यक छ । विश्वविद्यालयहरुले देशको विकासका लागी प्रत्येक १ वर्षमा कुन श्रोणीको कस्तो जनशक्ति आवश्यक छ कोटा पुरा गर्ने प्रवृतिले भन्दा, अध्यायन अनुसन्धानको माध्यम बाट जनशक्ति उत्पादन गर्नु पर्छ ।

सिप विनाको प्रमाण पत्रहरु प्रदान गर्ने विश्वविद्यालयको जनशक्तिलाई नसमेटे पनि, सीपयुक्त नेपाल, समृद्ध जनता दुरदृष्टि राखेर स्थापना भएको एक मात्र प्राविधिक शिक्षा तथा व्यावसयिक तालिम परिषदले प्रत्येक वर्ष डिप्लोमा तथा प्रमाणपत्र तहमा करिव विस हजार जनशक्तिलाई प्राविधिक तथा व्यावसायीक शिक्षा एवं तालिम प्रदान गर्छ, प्राविधिक एसईई मात्र करिव पच्चिस हजार जनशक्ति उत्पादन हुन्छ, छोटो अवधिको तालिममहरुमा करिव पन्ध्र हजार जनशक्ति उत्पादन हुन्छ, प्राविधिक शिक्षालाई विभिन्न अन्र्तराष्टिय साझेदारी सस्थाले सहयोग पनि गरेको छ । विडम्वना अध्यायन गरुन्जेल यी तथ्यांकहरु सम्बन्धित निकाय सँग हुन्छन जव उत्पादन भएको जनशक्ति बजारमा जान्छ न राज्यले खोज्छ न साझेदार संस्थाले । राज्यले लगानी गरेर उत्पादन गरेको जनशक्ति पनि सार्वजनिक सम्पति होईन ? हो भने राज्यले सार्वजनिक जनशक्तिको खोजी र प्रयोग गर्न सकेकोे खै ?

प्राविधिक शिक्षाको नाममा उत्पादित जनशक्ति कता छ ?  ज्ञानले मानवलाई उत्सुक र महत्वकांक्षी बनाउछ, विज्ञानले उत्सुकताको परिक्षण गर्छ । वास्तविकता हाम्रो शिक्षाले युवा पुस्तामा पिडा थपेको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषदले सिप परिक्षण गरेको हाल सम्मको तीन लाख जनशक्ति कता छ ? स्वयम सम्बन्धि सस्थालाई सामान्य जानकारी छैन । यदि राज्यले सिप परिक्षण गरेर दक्ष भनि प्रमाणित गरेको प्राविधिक जनशक्तिलाई उचित प्रयोग गर्न सक्दैन भने प्राविधिक तथा व्यावसायीक तालिक परिषदलाई विदेशमा श्रम बेच्न जाने नेपालीहरुका लागी सिप परिक्षण गर्ने सरकारी मान्यता प्राप्त सस्थाको रुपमा विकास घोषणा गरे सरकारलाई फाईदा होला । प्राविधिक शिक्षाको नाममा उत्पादित जनशक्ति कता छ ?
ज्ञानले मानवलाई उत्सुक र महत्वकांक्षी बनाउछ, विज्ञानले उत्सुकताको परिक्षण गर्छ । वास्तविकता हाम्रो शिक्षाले युवा पुस्तामा पिडा थपेको छ ।

हिजो सम्म आर्थिक अवस्था कम्जोर थियो पढ्न पाईएको थिएन ठिकै थियो तर आज सरकारले निशुल्क र विशेष छात्रवृद्धि प्रदान गरि पढ्ने अवशर पाईयो, अव्यावहारिक शिक्षाका कारण वेरोजगार बन्यो । राज्यले अवलम्वन गरेको अव्यावहारिक शिक्षा पढे पनि गाह्रो नपढे पनि गाह्रो । श्रम र काम प्रतिको सम्मान नहुदा हामी आफ्नै देशमा बसको खलासी बन्न लाज मान्ने अवस्थामा पुग्यौ ।

शिक्षाको विकल्प शिक्षा नै हो विकासको पहिलो आधार पनि शिक्षा नै हो, बाहिरी विश्वलाई नियाल्दा पनि काफी छ, तर अव्यावहारिक शिक्षा समाजको लागी श्राप सावित भएका प्रमाणहरु छन । सम्वृद्धिको निर्विकल्प पक्ष शिक्षा हो त्यसैले शिक्षा सवैका लागी, शिक्षा विकासका लागी, शिक्षा समाज व्यावहारका लागी, शिक्षा उत्पादनका लागी, शिक्षा श्रम र कामको सम्मानका लागी मुल मन्त्र सहितको शिक्षा प्रणाली र नितिहरु निर्माण गर्न जरुरी छ ।

कमेन्ट गर्नुहोस्