अभिनेत्री ढुंगाना रबिना व्युटी पार्लरको ब्रान्ड एम्बेस्डर

काठमाडौं । काठमाडौंको पेप्सीकोला र मिन भवनमा रहेको आधुनिक सुविधा सम्पन्न ‘रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’को ब्रान्ड एम्बेस्डरमा अभिनेत्री निता ढुंगाना अनुबन्धित भएकी छन् ।

 सिटिईभिटी अन्तर्गतका व्युटिसियनहरुको तह १ र २ को परीक्षाको लागि बैधानिक रुपमा उत्कृष्ट सेन्टरको समेत मान्यता पाएको यो पार्लर तथा ट्रेनिङ सेन्टरमा अभिनेत्री ढुंगाना एक वर्षका लागि जोडिएकी हुन् । बरिष्ट व्युटिसियन सुलोचना श्रेष्ठले यो पार्लर डेढ दशकदेखि सञ्चालन गर्दै आएकी छिन् ।

यसैबीच रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खरिबोट मिनभवनको नयाँ आउटलेटको पनि अभिनेत्री ढुंगाना, बरिष्ट व्युटिसियन डा. राजश्री श्रेष्ठ र सीता पाठकले सँयुक्त रुपमा उद्घाटन गरेका छन् ।

आफू व्युटी पार्लरसँग जोडिन पाउँदा निकै खुसी लागेको बताउँदै अभिनेत्री ढुंगानाले बरिष्ट व्युटिसियन सुलोचना र उहाँको टिमले आफ्नो सुन्दरतामा अझ निखार ल्याउने विश्वास व्यक्त गरेकी छिन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!