उपत्यकामा गाईजात्रा मनाइँदै

काठमाडौं, भदौ ११ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ सोमबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

एक वर्षभित्र दिवङ्गत आफन्तका सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना टोलमा परिक्रमा गराउनाका साथै उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न र द्रव्य दान गर्ने प्रचलन छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

तस्वीरः इभा राजवाहक

कमेन्ट गर्नुहोस्

error: Content is protected !!