यो देशमा छ प्रहरी अधिकृतको तलब जवानभन्दा पाँच गुणाले कम, आन्दोलन गर्न छ छुट

पदले प्रहरी अधिकृत, तलब भने जवानको भन्दा पांच गुणा भन्दा पनि कम । सुन्दा अचम्म लागेपनि कुरा भने साँचो हो ।

यो कथा हाम्रै छिमेकमा रहेको विश्वकै सबैभन्दा ठुलो प्रजातन्त्र भारतको हो । भारतमा विभिन्न राज्यहरूमा आआफ्नै प्रहरी छ र तिनको तलबमानमा पनि धेरथोर अन्तर छ ।

सामान्य रूपमा भारतीय राजधानी दिल्लीमा भर्खर सेवा प्रवेश गरेको प्रहरी जवानले अन्य सुविधाका अतिरिक्त २६ हजारदेखि ३२ हजार भारतीय रुपैयाँसम्म तलब पाउँछ र सातौं तलब आयोगको सिफारिसहरू लागु भएको खण्डमा सबै सुविधाहरू जोडेर उसले ६९ हजारसम्म बुझ्न सक्नेछ ।

तर यो उनीहरूको तलब स्केल भने होइन । यसमा तलब स्केलका अतिरिक्त आवास भत्ता, शौर्य भत्ता, महंगाई भत्ता जस्ता कयौं शीर्षक रहेका हुन्छन् ।

त्यस्तै भारतकै पहाडी राज्य जम्मु र कास्मिरमा एउटा प्रहरी जवानको सरदार तलब २० देखि २५ हजारसम्म हुन सक्छ र प्रहरी अधिकृतमा प्रहरी निरीक्षकले ३५ देखि ४० हजारको तलब स्केल बुझ्ने हुन्छ। यसमा अन्य भत्ता जोडिएपछि रकम केही फरक आउन सक्छ ।

सम्बन्धित् समाचार  एउटा घरमा १११ वटा कोब्रा सर्प निस्किएपछि...

तर अचम्म लाग्दो कुरा त के छ भने यसै राज्यमा लगभग ३५ हजारको संख्यामा यस्ता प्रहरी अधिकृतहरू तैनाथ छन् जसलाई ‘विशेष प्रहरी अधिकृत’को दर्जा दिइएको छ तर उनीहरूले पाउने तलब भने जम्मा ६ हजार भारतीय रुपैयाँ ।

१९९४-९५ ताका गठन भएको यस नयाँ सुरक्षा दस्ताको नाम नै ‘स्पेसल पुलि अफिसर्स’ राखिएको थियो । त्यसबेला उनीहरूलाई एक हजार पाँच सय तलब दिइने गरिन्थ्यो तर त्यस समय तुलनात्मक रूपमा त्यो तलब अहिले जत्तिको कम भने थिएन ।

भारतमा पाँचौ र छैठौं तलब आयोगले तलबमान ह्वात्तै बढाइदिएपछि यस्ता ‘विशेष प्रहरी अधिकृत’हरूको तलब कम लाग्न थालेको हो ।

यी अस्थायी प्रहरी हुन् । अर्थात यिनीहरूलाई कस्मिरमा सक्रिय चरमपन्थी संगठनहरूका गतिविधिमाथि निगानी गर्न र कतिपय अवस्थामा तिनीहरूसँग लड्न पनि प्रयोग गर्ने गरिन्छ । सुरुमा केही समय पश्चात् कानुन ल्याएर उनीहरूलाई स्थायी गरिने आश्वासन आएपछि यस सेवाप्रति स्थानीय युवाहरूमा आकर्षण देखिएको भएपनि अढाई दशकभन्दा बढी समयसम्म उनीहरूलाई जस्ताको त्यस्तै राखिएको बताइन्छ ।

र सम्भवतः यो नै विश्वको एकमात्र प्रहरी बल पनि हुनसक्छ जो बेलाबेला तलबवृद्धि र स्थायी गरिदिने माग लिएर आन्दोलन गर्दछ।

सम्बन्धित् समाचार  भारतले ५० हजार भूकम्प पीडितका घर निर्माण गर्ने

वर्षौंदेखि अशान्त रहेको यस राज्यमा थुप्रै यस्ता अस्थायी प्रहरी अधिकृतहरू मारिइसकेका छन् ।

 

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: