भाइरल बन्दै ह्रस्व दीर्घ सिकाउने तीज गीत ! [भिडियोसहित]

काठमाडौं, भदौ २० । केही दिनयता सामाजिक सञ्जालमा ‘नेपाली व्याकरण’ शीर्षकमा बनेको गीत निकै भाइरल भइरहेको छ । नयाँ शैलीमा बनेको यो गीतलाई नेपाली भाषाका शिक्षक विमल घिमिरेले तयार पारेका हुन् ।

एआइए स्कुल शंखमुलका प्रवन्ध निर्देशक समेत रहेका घिमिरेको परिकल्पना र शब्द, राजकुमार घिमिरेको लय अनि शारदा पराजुलीको आवाजमा तयार गीतमा ह्रस्व दीर्घका नियमलाई लयबद्ध ढंगले प्रस्तुत गरिएको छ ।

 

प्राथमिकदेखि उच्च शिक्षा लिइरहेका समेतका लागि उपयोगी गीतलाई तीजको भाकामा तयार गरिएको छ । भिडियोको छायांकन स्कूल परिसरमै गरिएको छ । भिडियो  यस्तो छ हेर्नुस्-

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  गायक राजेन्द्रको यो 'ए भुन्टे' गीत (भिडियोसहित)
%d bloggers like this: