OMG! सौतेनी आमाले आफ्नै छोरासहित ५ बाट गराइन ९ वर्षे बालिकाको बलात्कारपछि हत्या

नयाँ दिल्ली, भदौ २० । भारत प्रशासित कश्मीरको बारामुला जिल्लामा एक नौ वर्षीय बालिकाको बलात्कारपछि हत्याको मामिलामा डरलाग्दो तथ्य खुल्न आएको छ ।

त्यहाँको प्रहरीले ती बालिकाको अपहरण, सामुहिक बलात्कार र हत्याको मामिलामा एक महिला सहित छ जनालाई गिरफ्तार गरेपछि मानवता नै लज्जित हुने यस्तो रहस्य खुलेको हो ।

प्रहरीका अनुसार पीडित बालिका अभियुक्त महिलाको सौतेली छोरी थिइन् । ती महिलाले बदला लिन आफ्नै छोरा र अन्य चार जनाद्वारा ती बालिकाको बलात्कार गराएर हत्या गरेको पुष्टि हुन आएको छ ।

प्रहरीका अनुसार ती महिलाले आफ्ना आँखासामु नै बलात्कार गर्न लगाएकी थिइन् ।

दस दिनदेखि बेपत्ता रहेकी ती बालिकाको शव आइतबार जङ्गलमा फेला परेको थियो । शवको अनुहार तेजाबले जलाइएको थियो भने शवसँग बर्बरतापूर्ण व्यवहार गरिएको थियो ।

प्रहरीका अनुसार कयौं संदिग्धहरूको बयान लिएपछि उक्त महिला, उनको १४ वर्षीय छोरा र अन्य चार जनालाई गिरफ्तार गरिएको हो ।

के थियो यस जघन्य अपराधको कारण?

प्रहरीलाई प्राप्त जानकारी अनुसार बारामुलाको उरी भन्ने स्थानमा बस्ने मुस्ताक अहमदले सन् २००३ मा स्थानीय महिला फहमिदासँग विवाह गरेका थिए । तिनले एउटा छोरा पनि पाए ।

तर २००८ मा मुस्ताकले झारखण्डबाट दोस्री श्रीमतीका रूपमा खुसबूलाई भित्र्याए । पीडित मुस्ताक र खुसबूकी छोरी थिइन् ।

फहमिदाको बयान अनुसार मुस्ताक्ले आफ्नी कान्छी श्रीमतीसँग बढी समय बिताउने गरेको रिसले उनले यस्तो कदम उठाएकी हुन् ।

पतिसँग बदला लिन फहमिदाले आफ्नै सौतेली छोरीको बर्बर्तापूवक सामुहिक बलात्कार मात्र गराइनन् त्यस जघन्य अपराधमा आफ्नो १४ वर्षीय छोरालाई समेत सामेल गराइन् ।

बलात्कारपछि बालिकाको हत्या गरेर उनको अनुहार जलाएर शव जङ्गलमा फालिएको तथ्य खुल्न आएको छ ।

वरिष्ठ प्रहरी अधिकृत इम्तियाज हुसेनका अनुसार सामुहिक बलात्कारपछि एउटा बन्चराले हिर्काएर बालिकाको हत्या गरिएको थियो । अपराधमा संलग्न एक १९ वर्षीय युवाले धारिलो चक्कुले बालिकाको आँखा झिकिदिएको र अनुहारमा तेजाब खन्याएर जलाइदिएको खुल्न आएको छ ।

भारतमा केही समय यता बलात्कारपछि हत्याका मामिलामा मृत्युदण्डको व्यवस्था गरिएको भएपनि त्यहाँ यस्ता आपराधिक घटनाहरूमा अंकुश लाग्न सकिरहेको छैन ।

यसै महिनामात्र भारतको मध्यप्रदेश राज्यको मन्दसौर जिल्लामा सात वर्षीय बालिकाको बलात्कारपछि हत्याको आरोपमा दुई जनालाई फाँसीको सजाय सुनाइएको थियो ।

बिबिसी

कमेन्ट गर्नुहोस्