प्रचण्ड स्वदेश फिर्ता, यसरी सुनाए भ्रमणको अनुभव

काठमाडौं, भदौ २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँगको सवाँ घण्टा लामो गहिरो र गम्भीर छलफल नोपको विकासका लागि महत्वपूर्ण हुने बताएका छन् ।

आइतबार चार दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुलाई संक्षित प्रक्रिया दिदै भने, ‘प्राय उच्च तहमा लामो छलफल गर्ने अवसर कही कत्तै मिल्दैन तर यसपाली त्यस्तो अवसर मिल्यो । प्रधानमन्त्री मोदीजीसँग नेपाल भारत सम्बन्धका विविध आयामका बारेमा विस्तृत रुपमा असाध्यै सकरात्मक कुराकानी भयो । यसले धेरै राम्रो सन्देश प्रवाह भएको छ ।’

‘मोदीजीसँग हिजका सबैकुरा जस्तै उहाँले नेपालको संसदमा बोलेका कुरादेखि भूकम्पको पुनर्निमाणमा गरिएका प्रतिवद्धता कार्यान्वयनका कुरादेखि सबै विषयमा गम्भीर रुपमा लामो छलफल भएको छ । त्यसले नेपालको विकास र सम्बृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ,’ प्रचण्डले भने, ‘मैले आइसीडब्ल्यूए को फोरममा जे बोलेको थिए त्यही लाइन र त्यही स्प्रीटमा प्रधानमन्त्री मोदीजीसँग छलफल केन्द्रित रह्यो ।’

भारत भ्रमणका क्रममा आफूले नेपाल भारत सम्बन्धदेखि लिएर विकास, व्यापार प्रवर्धन, व्यापार घाटा हटाउने, सीमामा देखिएका समस्या समाधानलगायतका विषयमा विस्तृत रुपमा छलफल गरेको प्रचण्डले बताए । भ्रमणका क्रममा प्रचण्डले भारतीय उच्च नेतासहितच व्यवसायीसँग भेट र छलफल गरेका थिए । प्रचण्डले भने, ‘जुन तरीकाले सम्बोधनमा आफ्ना कुरा मैले राखे त्यसको दीघकालीन र सामरिक महत्व छ ।र यसले नेपाललाई समान हैसियतमा स्थापित गर्न ठूलो महत्व राख्ने छ ।’

सम्बन्धित् समाचार  भारतीयद्वारा एस्काभेटर प्रयोग गरी दशगजामै मेची नदी दोहन

गएको भदौ २१ गते अपरान्ह नयाँदिल्ली गएको प्रचण्डले त्यहाँ प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज, कांग्रेस आइका नेता एवं पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गरेका थिए ।

प्रचण्डको स्वागतका लागि नेता बाददेव गौतम, नारायणकाजी श्रेष्ठ, बिष्णु पौडेल, सुवाष नेम्वाङ, देव गुरुङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र खानेपानी मन्त्री बीना मगरसहित दर्जनौ नेता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।

साथै ठूलो संख्यामा पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: