के नेपालले अवसरलाई कहिल्यै सदुपयोग गर्न सक्दैन?

सन्तोष खडेरी

बर्लिन पर्खालको अवसान र शोभियन संघको पतन पछि संसारभर शुरु भएको उदारवादी ब्यबस्थाको नयाँ विश्व ब्यबस्था बैश्विकरण अब बिस्तारै क्षण हुँदैछ त्यसयता बिश्वब्यापीकरणको मसिहाका रुपमा एक क्षेत्र उदाएको अमेरिका आफैले संरक्षणबादको नीति अंगाल्दा अहिले एशियाका दुई उदयिमान आर्थिक महाशक्ति राष्ट्र भारत र चीन समेत यसबाट अछुतो छैनन्।

चीन र अमेरिकामा झन् एक अर्काका उत्पादनलाई आफ्नो सहज बजार प्रवेशमा नयाँ कर लगाईरहेका छन् जसका कारण भौगोलिक रुपमा दुबै उदयिमान महाशक्ती राष्ट्रका बजार र लगानीकर्ता दुबैलाई आफ्नो देशमा आकर्षित गर्न सबै राजनीतिक नेतृत्वको संकप्ल जरुरी छ तर राजनीतिक नेतृत्व यो दूरदर्शितामा कतै देखिँदैन अँझै नाकको लडाइँमा नतमस्क छ।

इतिहासले बिरलै दिने अवसरलाई मुलुकको हितका लागि उपयोग गर्न नेतृत्व चुक्नु हुँदैन। दोश्रो विश्वयुद्धको अन्त्य पश्चात् शीतयुद्ध चरम उत्कर्षमा पुग्दा समेत नेपालले उक्त कालखण्डका दुई महाशक्ति अमेरिका र शोभियत युनियन दुबैसंग कुटनैतिक सम्बन्ध राखी महेन्द्र र बिपिको नेतृत्वले ती दुबैबाट तुलनात्मक लाभ लिएका थिए तर त्यसलाई सही सदुपयोग र आधुनिकतामा हामी चुक्यौं त्यो गल्ती अब दोहर्याउनु हुँदैन।

देशमा लगानी आकर्षण गरि उद्योग स्थापना गरि देशमा रोजगार स्थापित गर्नु र त्यहीबाट राष्ट्रिय पूँजीको विकास गरि वितरणमुखी नीति अंगाल्नु नै आजको २१औं शताब्दीको समाजवादी बाटो हो ।

तर राजनीतिक नेतृत्व लगानी भित्र्याउने वातावरण तयार गर्न सकेको छैन जहाँ सत्तापक्षी र प्रतिपक्षी एकै ठाउँमा बसेर दृढ संकल्प गर्नुपर्छ मुलुक भित्र सत्तापक्षी र मुलुकबाहिर प्रतिपक्षीले वकालत गर्नुपर्छ तर २बर्ष अघि उत्साहजनक प्रतिबद्धताका साथ सम्पन्न भएको लगानी सम्मेलनले समेत हामीलाई नतिजा दिन सकेन किनकी अंझै लगानी मैत्री वातावरण तयार हुनसकेको छैन सानो भन्दा सानो बिषयमा नेपालको राज्य प्रशासन अल्झेको छ।

सम्बन्धित् समाचार  संसदमा मतदान भए के होला ? यसरी पारित हुन्छ संशोधन प्रस्ताव

करिव साढे ८दशक अघि जुद्ध शम्शेरले शुरु गरेको औद्योगिकरणको इतिहास हाम्रा लागि आज इतिहासमा सिमित भईसकेको छ पुराना ब्यबस्थालाई सत्तोसराप मात्र गर्ने र आफू रहेको बर्तमान ब्यबस्थालाई फगत जयजयकारको नारा बाहेक माखो मार्न नसकेको यथार्थता सबैका माझ छर्लङ्ग छ।

नयाँ ब्यबस्थामा एउटा सार्वजनिक प्रशासनिक भवन बनाउन नसक्ने नेतृत्वले त्यही सिंहदरबार बाट ब्यबस्थालाई सत्तोसराप गर्ने मानसिकता त्यागेको बेस।

छिमेकी बंगलादेशमा तमाम राजनीतिक असहमति र मुद्दाका बाबजूद समेत सबै राजनीतिक नेतृत्व गार्मेन्टस र औषधि उत्पादन क्षेत्रमा कुनै पनि बन्द बिरोध नगर्ने गरि एकठाउँमा छ तर हामी अंझै पनि प्रतिष्ठाको जुँङे लडाइँमा छौं। अब बदलिँदो विश्व ब्यबस्थालाई बुझौं नयाँ तयार नभइसकेको तर पुरानो मक्किदैं गएको ब्यबस्थाको हामीले अवसरका रुपमा सदुपयोग गरौं।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: