एकदिवसीय सिरिजः पहिलो खेलमा नेपाल भारतसँग पराजित

काठमाडौं, भदौ २७ । भारतको लखनउमा सुरु भएको चौकोणिय एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल यू- १९ टिम भारतको यू- १९ ‘बि’सँग पराजित भएको छ ।

 

नेपाल भारतसँग ४० रनले पराजित भएको हो । टस जितेर बलिङ रोजेको नेपाल १६२ रनको लक्ष्य पछ्याएको थियो । नेपाल पूरा ओभर खेल्न नपाउँदै अल आउट भयो । उसले सबै विकेट गुमाउँदा १२१ रन मात्र बटुल्न सक्यो । नेपालका लागि कुनै पनि ब्याट्सम्यान टिकेर खेल्न सकेनन् ।

 

नेपालले ब्याटिङमा खराब प्रदर्शन गरे पनि बलिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो । लखनउको एकाना स्टेडियम ‘बि’ मैदानमा जारि खेलमा पहिलो इनिंङमा भारतीय यु-१९ बि टिमले पहिले ब्याटिंङ गर्दै ४९ ओभरमा सबै विकेट गुमाएर १६१ रन मात्रै बनाउन सक्यो ।

 

नेपालको लागि कमल सिंह ऐरिले सर्वाधिक ३ विकेट, अफ स्पिनर पवन सर्राफले लिए भने किशोर महतो, संसाद आलम र सागर ढकालले समान १ विकेट हात पारे।

 

भारतीय टिमका ओपनिङ्ग ब्याट्सम्यान कमरान इकबालले सर्वाधिक ५० रन योगदान दिए भने दोश्रो सर्वाधिक रन रिशभ चौहानको १९ रन बन्यो। नेपाली बलरहरुले अनुशाशित बलिङ्ग गर्ने क्रममा मात्र ९ अतिरिक्त रन खर्चिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!