साफ च्याम्पियनसिपः फाइनल पुग्ने नेपालको सपना चक्नाचुर, माल्दिभ्ससँग ३ गोलले हार्‍यो !

काठमाडौं, भदौ २७ । नेपालको साफ च्याम्पियनसिपको उपाधि जित्ने सपना चक्नाचुर भएको छ । आज माल्दिभ्ससँग सेमिफाइनलमा ३-० गोल अन्तरले लज्जास्पद हार बेहोर्दे नेपालको सपना समाप्त भएको हो । पहिलो आफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा २ गोल खायो ।

 

बंगलादेशको बंगबन्धु रंगशालामा जारी खेलको ८ औं मिनेटमा माल्दिभ्सले फ्रीकिकबाट गोल गरेको हो। माल्दिभ्सले दोस्रो गोल ८४ मिनेटमा थप्यो। २ मिनेट नबित्दै माल्दिभ्सले अर्को गोल थपेको हो।

 

भारी वर्षापछि २७ औं मिनेटमा खेल रोकिएको थियो। झन्डै आधा घन्टापछि सुरू भएको खेलको पहिलो हाफ सकिँदा नेपालले गोल फर्काउन सकेन। नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन । माल्दिभ्स भने एक पटक साफको उपाधि जित्न सकेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!