के पूर्खाको कुटनैतिक कौशलताबाट बर्तमान नेतृत्वले सिक्न सक्दैन ?

सन्तोष खडेरी

दक्षिण एशियामा बेलायती साम्राज्य विस्तार गर्ने क्रममा भारतलाई ब्यापारीको छन्दमा उपनिवेश बनाईसक्दा पनि ति फिरंगिले तत्काल नेपाल माथी आक्रमण गर्ने ल्याकत राखेनन जसको कारण थियो त्यतिनै बेलामा समेत अनौपचारिक रुपमा नेपालीले फ्रान्सका तत्कालीन सम्राट नेपोलिएन संग स्थापित गरेको सम्बन्ध जहाँ

युरोपभर बढ्दै गएको फ्रान्सेली शक्तिका अगाडी फिरंगीले नेपाल माथी जाईलाग्ने हैसियत राखेनन।

जहाँ फ्रान्समा नेपोलियनको बहिर्गमन पश्चात् मात्र फिरंगीले नेपाललाई ताके जसको निचोड के हो भने नेपालले अर्को पक्ष संग अनौपचारिक सम्बन्ध स्थापित गरेर समेत नेपालले कुटनैतिक सन्तुलन कायम राखेको थियो।

सयौं स्वतन्त्र देशहरूमा विभाजित भारतलाई उपनिवेश बनाएर टुप्पोमा पुगेको साम्राज्यवादी फिरंगी संग सुगौली सन्धी पश्चात् समेत शक्तिको अङ्ककारलाई चुनौती दिँदै, दबाब र धम्कीलाई लत्याउँदै डेढ सय वर्ष अघिको नेपालले वाजिद अली शाहकी वेगमलाई बाँचुन्जेल सुरक्षा र मृत्युपछि घन्टाघरबाट बागबजार जाने मोडनिर उपलब्ध गराएको कब्रस्थान अहिले पनि सुरक्षित छ।

त्यस्तै भारतका पंजावका अन्तिम माहाराजा रणजित सिंहकी श्रीमती चाँदकुँवरलाई समेत नेपालले शरण दिएको थियो यी दुबै घटनमा।

तत्कालीन फिरंगी सरकारले नेपाललाई उनीहरुलाई सुपुर्दर्गी गर्न दवाव दिँदा समेत शरणलाई मरण दिनुहुन्न भन्ने आफ्नो अडान कायम राख्दै तिनलाई सुपर्दगी नगरी आफ्नो कुटनैतिक सन्तुलन राखेको थियो।

दोश्रो विश्वयुद्धको अन्त्य पश्चात् शीतयुद्ध चरम उत्कर्षमा पुग्दा समेत नेपालले उक्त कालखण्डका दुई महाशक्ति अमेरिका र शोभियत युनियन दुबैसंग कुटनैतिक सम्बन्ध राखी दुबैबाट परस्पर लाभ मात्र लिएन सोही कालखण्डमा आफ्नो अन्तर्राष्ट्रिय उचाइँ संयुक्त राष्ट्रसंघका कतिपय भूमिका निर्वाह गरेर दियो त्यो संगै सीमामा आफ्ना दुबै शक्तिशाली राष्ट्र चीन र भारतलाई समेत समदूरीमा राख्दै लाभ लिएको सर्वबिदितै छ ।

सम्बन्धित् समाचार  स्ववियु निर्वाचन किन अराजक र चरम राजनीतिक बन्दै छ ?

तर दुर्भाग्य गणतन्त्र पछिको पछिल्लो एक दशकमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध झनै नाजुक भयो जहाँ भारतले पछिल्लो नाकाबन्दी थोपर्दा अन्तर्राष्ट्रिय मंचमा नेपालका पक्षमा दह्रो संग बोल्ने कुनै एक मित्र पाउन सकेनौं तर हामीलाई घेर्न अन्तर्राष्ट्रिय मोर्चाबन्दीको शुरूवात छिमेकले नेपालले सबैभन्दा पहिले कुटनैतिक सम्बन्ध स्थपित गरेर दुइटा विश्वयुद्ध र त्यसपछिको फकल्यान्ड युद्धमा समेत संयुक्त अधिराज्य बेलायतको सार्वभौमिकता र भौगोलिक अखण्डता बचाउन नेपाली फौजले देखाएको बहादुरी र बगाएको रगतको इतिहास समेत बिर्सियो जसले हाम्रो कुटनैतिक क्षमता घट्दै गएको उजागर गर्छ।

सत्तामा रहंदा एउटा र सत्ताबाहिर रहंदा अर्कै त्यस्तै आफ्नो दल अँझ दलभित्र समेत गुटको स्वार्थ भन्दा माथी उठन नसक्ने मानसिकताले लिएका बिदेशनिती सम्बन्धि कतिपय निर्णय आज हाम्रा लागि प्रत्युत्पादक सावित हुँदैछ।

राजनीतिक नेतृत्वले इतिहासबाट शिक्षा लिएर बर्तमानको अवस्थालाई चित्रण गर्न नसकी अलिक टाढा दूरसम्म देख्न सकेन भने नेपाल अन्तर्राष्ट्रिय मंचमा अंझ कमजोर हुनेछ।

अन्तर्राष्ट्रिय सम्बन्धमा समेत हामी बिश्वासको यो चरम संकटबाट यो स्थिति बाट गुज्रिरहेको यथार्थलाई मनन गरौं र सम्बन्धमा नयाँ बिश्वासका साथ कथनी र करनीमा एकरुपता कायम गरौं।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: