आज तपाइँको राफिल कस्तो ? हेर्नुस्

आज वि.सं २०७५ साल भदौ २८ गते, बिहीबार। इश्वी सन् २०१८ सेप्टेम्बर १३ तारिख, नेपाल संवत् ११३८ ञलाथ्व। भाद्र शुक्लपक्ष।

मेष-भौतिक साधन तथा भोग-विलासका वस्तुहरू समेत जुटाउने समय छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ।

 

बृष- अतिथिका रूपमा सत्कार पाइनेछ। साथीभाइको सहयोगले आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा पनि यात्रा हुन सक्छ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजयी भइनेछ।

 

मिथुन-पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीले प्रसन्नता दिलाउनेछन्। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ।

 

कर्कट-भौतिक साधन तथा भोग-विलासका वस्तुहरू समेत जुटाउने समय छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ।

 

सिंह-प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। सुखद समाचारले आजको दिन उत्साहपूर्ण रहनेछ।

 

कन्या-बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। सानो प्रयत्नले चल–अचल सम्पत्ति लाभ हुने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।

 

तुला-छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपरे पनि लागेको मूल्य उठाउन सकिनेछ।

 

बृश्चिक- रोकिएका काम पनि सम्पादन हुनेछन्। विशेष जिम्मेवारी प्राप्त हुने समय छ। सानो प्रयत्नले धेरैको भलाइ हुनेछ। भेटघाटले महत्वपूर्ण कामको जग बसाउने अवसर दिलाउनेछ।

 

धनु- कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

 

मकर-मिहिनेतको परिणाम प्राप्त हुनेछ। आज अरूलाई दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। पछि फाइदा हुने काम प्रारम्भ हुनेछ।

 

कुम्भ- रूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। समुदायको हितमा केही काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ।

 

मीन-शुभचिन्तकहरूको साथ जुट्नाले पछि फाइदा हुने काम सम्पादन हुनेछ। बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पछिका लागि लगानी गर्नुपर्ने समय छ। खर्च बढे पनि आम्दानी भने भइरहनेछ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!