माछा बजारमा मुसा मार्न १० फिट अग्लो पर्खाल, ४० हजार पिंजडा, ३ सय किलो विष

टोक्यो, जापानको तोयोसूमा रहेको सबैभन्दा ठूलो माछा बजारमा मुसा मार्न ठूलो अभियान चलाइने भएको छ ।

अप्रेशन पनि अचम्मको छ । संसार प्रसिद्ध यो बजारमा मुसाहरुले दुख दिएपछि सरकारले नै बजार खाली गरेर मुसा मार्ने अभियान चलाउन थालेको हो ।

तोयोसूको बजारलाई ५ दिनसम्म अन्यत्र सारिने छ । यो बजार ५७ एकडमा फैलिएको छ ।

८४ वर्ष पुरानोमा यो बजारमा हरेक दिन १४ मिलियन डलर बराबरको कारोबार हुने गर्दछ । ९ सय पसल रहेको यो बजारमा ४८० प्रकारका समुन्द्री खाद्य पदार्थ पान्छ ।

एन्टी र्याट अप्रेशन नाम दिइएको यो अभियानमा पसल खाली गरेपछि मुसाहरु यताउता भाग्ने बताइन्छ । त्यो क्रममा भाग्ने मुसा रौक्न पाइप र सिभरबाट बाहिर निस्किने सबै बाटो बन्द गर्ने काम अहिले चलिरहेको छ ।

बजार भत्काउनु अघि १० फीट लामो स्टीलको पर्खाल लगाइएको छ । यसका साथै ४० हजार पिंजडा र ३ सय किलो विषको समेत प्रयोग हुने बताइएको छ ।

नजिकैका रेष्टुरेन्टहरुमा मुसा पस्न सक्ने सम्भावनालाई ध्यानमा राखेर रेड अलर्ट समेत घोषणा गरिएको जापानी सन्चारमाध्यमले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!