उपमेयरमाथि वियरको बोटल प्रहार !

म्याग्दी, भदौ २९ । जिल्लाको महागढीमाई नगरपालिका बरियारपुरकी उपप्रमुख तारादेवी कानुमाथि बिहीबार मध्याह्न बोटल प्रहार गरी दुर्व्यहार गरिएको छ ।

 

गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका आन्दोलनरत विद्यार्थीलई वार्तामा बस्नका लागि आग्रह गरिरहेका बेला उपप्रमुखमाथि एकजना गैरविद्यार्थीले बोटल प्रहार गर्दै हातपात प्रयास गरेका थिए ।

 

महागढीमाई नगरपालिकाले गढीमाईए महेन्द्र प्राविधिक नमुना माविका शिक्षक मनोज साह गोंढलाई अर्को विद्यालयमा सुरुवा गरेको विरोधमामंगलबारदेखि केही विद्यार्थी प्रदर्शन गर्दै आएका छन् । नागरिक दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  रेडबुलबारे यस्तो तथ्य सार्वजनिक-‘इनर्जी ड्रिंक नभई मन्द विष’
%d bloggers like this: