तोलामा कतिले घट्यो सुनचाँदी भाऊ ?

काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ ।

बिहीबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीबार तेजावी सुन प्रतितोला ५७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

बिहीबार बजारमा चाँदी प्रतितोला मूल्य ७२० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी प्रतितोला ७१५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्