बाह्य दबाब र आन्तरिक किचलोसँगै गम्भीर संकटमा विप्लव ‘माओवादी’

एभरेष्ट टिप्पणी । माओवादी आन्दोलनको एउटा हिस्सा बन्न खोजेको नेत्र बिक्रम चन्द नेतृत्वको ’कम्युनिष्ट पार्टी’ गम्भीर संकटमा देखिएको छ ।

पार्टी संकटमा पर्नुका पछाडि राज्य या बाह्य शक्तिबाट परेको दबाब मात्रै देखिन्न । बरु आन्तरिक अन्तर्संघर्ष पार्टी समस्यामा पर्नुको मुख्य कारण बनेको घटनाक्रमहरुले देखाएका छन् ।

कम्युनिष्ट पार्टीको जीवनमा उतारचढाव आउनु स्वभाविकै हो । त्यसमा पनि मित्रतापूर्ण अन्तरविरोधकै बलमा पार्टीको जीवन हुर्किन्छ पनि । तर अहिले पछिल्ला केही घटनाहरु हेर्दा विप्लव माओवादीभित्रको संघर्ष मित्रतापूर्ण देखिँदैन । पार्टीमा लामो समयदेखि सक्रिय रहेकाहरुको समेत निश्काषन गर्नुपर्ने अवस्था आउनुबाट पार्टीभित्र ‘गञ्जागोल’को अवस्था सिर्जना भएको अनुमान गर्न सकिन्छ ।

केही समयअघि सरकारले विप्लव नेतृत्वको पार्टीको केही जिम्मेवार र उपल्लो तहका नेताहरुलाई पक्राऊ गऱ्यो । यिनीहरुमा सबैभन्दा बढी चर्चामा प्रवक्ता प्रकाण्ड रहे । प्रकाण्डलाई चन्दा असुलीको अभियोग लगाएर प्रहरीले मुद्दा चलाएपछि अदालतले रिहाईको आदेश दियो । तर अदालत परिसरबाटै फेरी प्रकाण्डलाई थुनियो । यो क्रमले निरन्तरता पायो । उनी कहिले नुवाकोट, कहिले दाङ, कहिले काठमाडौं ल्याइए । प्रकाण्डसँगै अन्य नेताहरु पनि पक्राउ परे ।
प्रकाण्डको गिरफ्तारीपछि पूर्व माओवादी वृत्तबाट सरकारको आलोचना पनि भयो ।

तर यही बीचमा पार्टीले मिडिया संगठनका केही पदाधिकारीलाई सूचना चुहाएको र संगठनको हितविपरित कार्य गरेको भन्दै कार्वाही गरेको विज्ञप्ती सार्वजनि गऱ्यो । संगठनका केन्द्रीय सदस्य जन्मदेव जैसी, कमल बुढा, बाबुराम भुसाल, सुदिप बर्देवा र निवर्तमान अध्यक्ष प्रभात चलाउनेलाई संगठनसम्बन्धी निर्णयविरुद्ध अराजकता मच्चाउने, पार्टी नेतृत्व विरुद्ध सामाजिक सञ्जालहरुमा भ्रामक समाचार वितरण गर्ने र संगठनका जिम्मेवार साथीहरुमाथि हातपात गर्ने जस्ता अमर्यादित र गलत हर्कत गरेकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन कारवाही गरिएको भन्ने विज्ञप्ती पार्टीले जारी गरेपछि पार्टीभित्रका कैयन पक्षहरुसतहमा देखिन शुरु भएका हुन ।

एकातिर प्रकाण्ड लगायतका नेताहरु पक्राऊ पर्नु र अर्कोतर्फ आफ्नै भित्रका जिम्मेवार नेताहरुलाई कार्वाही गरिनुबीच कतै न कतै तादाम्यता त छैन भन्ने प्रश्न जन्मिनु स्वभाविकै हो ।

मिडियामा प्रकाशित भएका समाचारहरु हेर्दा यसका दुईवटा पक्ष देखिन्छन् ।

पहिलो, यो बीचमा विप्लव र प्रकाण्डबीचको अन्तरविरोधका कारण प्रकाण्ड पक्राउ परेको भन्ने अपुष्ट गरिएको समाचार सार्वजनिक भयो । विगतमा बाबुरामका कारण मोहन वैद्य र सिपी गजुरेल पक्राऊ परेको भनिएजस्तै यसपटक विप्लव समर्थकहरुका कारण प्रकाण्ड पक्राउ परेका हुन भन्ने समाचारको आशय थियो । यदि यो समाचार साँचो हो भने अहिले निष्काशन गरिएका सञ्चारकर्मी नेताहरु कतै न कतै प्रकाण्डको गिरफ्तारीसँग जोडिएर कार्वाही गरिएको हुनुपर्छ । यद्यपी जुन नामहरु निष्काशित भएका छन, तिनीहरुलाई खासमा कुन कुरामा असहमति भएर कार्वाही गरिएको हो भन्ने कुरा अझै स्पष्ट भएको छैन । न त उनीहरुले नै केही बताएका छन् ।

‘कम्युनिष्ट पार्टीभित्र’ अन्तरविरोध चुलिएमा त्यसको ठूलो फाइदा सत्तापक्षले लिन्छ । विगतमा माओवादी आन्दोलन रक्षात्मक हुनुमा समेत यही अन्तरविरोध नै प्रधान थियो भन्ने कुरा स्थापित भएसकेको छ ।

अर्को कुरा, पार्टीभित्र गम्भीर अन्तरविरोध प्रकाण्डसँग मात्रै सीमित छैन भन्ने पनि पछिल्ला घटनाक्रमले देखाउँछन् । विप्लव माओवादीभित्र आर्थिक अनुशासन र संगठनात्मक अराजकता समस्या हो भन्ने कुरा टिप्पणी हुने गर्दछ । कतिपय स्थानमा पार्टीभित्र आर्थिक अराजकताले ठूलै समस्या भएको दुई तीन वर्ष अघि नै सार्वजनिक भएको कुरा हो । अर्कोतर्फ विप्लवलाई परित्याग गरेर पूर्व माओवादी केन्द्रमा प्रवेश गर्नेहरुले समेत पार्टीभित्र वैचारिक र सैद्धान्तिक पक्ष समाप्त हुँदै गएको र अराजकता मौलाउँदै गएकोले पार्टी छोडनु परेको अभिव्यक्ति दिँदै आएका छन् । यो स्थिति साँच्चिकै अहिले पनि निरन्तरता पाएको छ भने यसले विप्लवको नेतृत्वलाई नै संकटमा पार्न सक्छ । खासगरी प्रकाण्डको गिरफ्तारी र ओली(सुदर्शन)लगायतका नेताहरुको सक्रियतासँगै पार्टीभित्रै नयाँ समीकरणले जन्म लिने स्थिति सामान्य नै हो । विगतमा माओवादी जनयुद्ध पालामा समेत करिब करिब यस्तै प्रकृतिका अवस्थाहरू देखिँदै आएका हुन ।

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीको सबैभन्दा ठूलो चुनौती अष्पष्ट कार्यदिशा नै हो । उनीहरुले एकीकृत जनक्रान्तिको कार्यदिशा अघि सारेका छन् । तर आम जनतामाझ यो कार्यदिशा नै के हो र यसका कार्यनीतिक र रणनीतिक चरण के हुन भन्ने कुरा स्पष्ट देखिँदैन ।

‘कम्युनिष्ट पार्टीभित्र’ अन्तरविरोध चुलिएमा त्यसको ठूलो फाइदा सत्तापक्षले लिन्छ । विगतमा माओवादी आन्दोलन रक्षात्मक हुनुमा समेत यही अन्तरविरोध नै प्रधान थियो भन्ने कुरा स्थापित भएसकेको छ । विप्लवका लागि अहिलेको राज्यसत्ता प्रधान अन्तरविरोधी छ । यसको अर्थ उनीहरुकै भाषामा सत्तासँग लड्नका लागि आत्मगत परिस्थिति मजबूत हुनुपर्छ । तर उनीहरूभित्र चुलिएको अन्तरविरोधले उनीहरुको आत्मगत पक्ष कमजोर हुनु र सत्ताले बढी पेल्दै जाने अवस्था झनै बढ्न सक्छ । सरकारका पछिल्ला गतिविधि हेर्दा विप्लवमाथि बढी कडाई गरेको देखिन्छ । र, भविष्यमा एकपछि अर्को गर्दै पेल्दै जाने अवस्था र संगठितरुपमा त्यसको प्रतिरोध गर्नुपर्ने क्षणमा आफूभित्रकै अन्तरविरोधले थिचिनुपर्दा विप्लव नेतृत्वको पार्टी संकटमा पर्ने देखिएको हो ।

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीको सबैभन्दा ठूलो चुनौती अस्पष्ट कार्यदिशा नै हो । उनीहरूले एकीकृत जनक्रान्तिको कार्यदिशा अघि सारेका छन् । तर आम जनतामाझ यो कार्यदिशा नै के हो र यसका कार्यनीतिक र रणनीतिक चरण के हुन भन्ने कुरा स्पष्ट देखिँदैन । विप्लव छोडेर अन्य पार्टीमा गएकाहरुले समेत यो कुरा स्पष्टरुपमा भन्न सक्दैनन् । उनीहरुले कतिपय अवस्थामा जनसरोकारका तत्कालीन मुद्दामा संघर्ष गरेपनि संघर्षको चरित्र के ? एकीकृत क्रान्तिको संगठनात्मक र संघर्षका चरणहरु के कस्ता भन्ने कुरा बुझ्न गारो नै पर्ने अवस्था छ । यसले माओवादप्रति प्रतिबद्ध पूर्व माओवादी कित्ताबाहेक नयाँ तप्कामा विप्लवले पूर्ववत माओवादीले जस्तो संगठन विस्तार गर्ने सम्भावना समेत कम देखिन्छ । एकातिर सत्ताले पेल्दै जानु, अर्कोतर्फ विप्लवले कार्यक्रम दिन नसक्नु र आन्तरिकरुपमा अन्तरविरोध चुलिएर क्षयीकरण हुँदै जाने अवस्था पार्टीका सामु देखिन्छ ।

पछिल्लो समयमा पार्टीमा लामो समयदेखि क्रियाशील नेताहरुलाई कार्वाहीपछि विप्लव पार्टीभित्रको यो अन्तरविरोध कसरी चुलिएर जान्छ, त्यो हेर्न भने बाँकी नै छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!