कैलालीमा बस दुर्घटना; दुईको गयो ज्यान

धनगढी, भदौ २९ ।   कैलालीमा भएको बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने छर जना घाइते भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–३, बल्चौरमा शुक्रबार दिउँसो भएको उक्त दुर्घटनामा घाइते छ जनामध्ये का दुईको उपचारको क्रममा मृत्यु भएको हो ।

चिसापानीबाट लम्कीतर्फ गइरहेको से १ ख ११८८ नम्बरको उक्त बस दुर्घटना हुँदा साइकल यात्री १२ वर्षीय अनिल वादी र ३८ वर्षीय प्रसंग तामाङको मृत्यु भएको हो ।

वादी बल्चौरमा रहेको वादी शिविरका बासिन्दा हुन् भने तामाङ धनगढी त्रिनगरका हुन् । मृतक दुबैजनाको शव टीकापुर अस्पतालमा राखिएको छ।

वादी र तामाङ बस दुर्घटनामा गम्भीर घाइते भएका थिए । घाइते चार जना नेपाली सेनाका प्रशिक्षार्थी रहेको बुझिएको छ । तीमध्ये गम्भीर रूपोमा घाइते दुई जनालाई नेपालगंज रिफर गरिएको छ ।

 

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  तीर्थालु बाेकेकाे बस ३०० मिटर तल खाेंचमा खस्दाँ ७ जनाको मृत्यु
%d bloggers like this: