सरकारले सन्दिपलाई ‘प्रवल जनसेवा श्री-चतुर्थ श्रेणी’ प्रदान गर्ने

काठमाडौं, असोज ४ । चर्चित नेपाली क्रिकेटका सदस्य सन्दिप लामिछानेले यो वर्षको ‘प्रवल जनसेवा श्री-चतुर्थ श्रेणी’ मानपदवी पाउने भएका छन् । जुन नेपाल सरकारले प्रदान गर्ने गर्दछ ।

 

गृह मन्त्रालयले बुधबार सार्वजनिक गरेको ‘प्रवल जनसेवा श्री-चतुर्थ श्रेणी’ पाउने सूचीमा खेलकुदबाट सन्दिप सहित, रेस्लर भारत बहादुर बिसुराल, कराते खेलाडी संजु महर्जन, एथलेटिक्स प्रशिक्षक धनीराम चौधरी रहेका छन्। यस्तै भर्खरै इन्डोनेसियामा आयोजित एसियन गेम्समा रजत पदक जित्ने नेपाली प्याराप्याराग्लाइडिङ टिमलाई सरकारले सुकीर्ति पदकबाट सम्मान गर्नेछ।

 

सन्दिप चर्चित भारतीय प्रिमियर लिग इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली बन्न सफल भएका थिए भने यसै बर्ष उनले ग्लोबल टि-२० क्यानडा र क्यारेबियन प्रिमियर लिग टि-२० मा समेत छनौट भइ उत्कृष्ट प्रदर्शन समेत गरेका छन् । यति मात्रै होइन सन्दिपले गत साता अफगानिस्तान प्रिमियर लिगमा पनि अनुबन्ध भएका छन् ।

 

२०१६ मा नेपाली राष्ट्रिय टिममा छनौट भएका सन्दिपले त्यस अघि २०१६ यु-१९ बिश्वकपमा आयरल्याण्डसँग ह्याट्रिक लिएका थिए भने प्रतियोगिताकै उत्कृस्ट खेलाडीको आइसीसीको सूचीमा समेत परेका थिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!