बलात्कारी धर्मगुरुलाई ढुंगा हानेर मार्न धार्मिक अदालतको आदेश

काबुल । अफगानिस्तानमा एकजना स्वघोषित धर्मगुरुलाई ढुंगा हानेर मार्न धार्मिक अदालतले आदेश दिएको छ ।

ती स्वघोषित मौलानामाथि महिलाहरुसँग सम्बन्ध कायम राख्ने र त्यो बेलाको भिडियो रेकर्ड गरेर इन्टरनेटमा राख्ने आरोप छ ।

आरोपीको नाम रसुल बताइन्छ ।

आफूले रोगको उपचार समेत गर्नसक््ने दावी गर्दै ती चिकित्सकले फरियाबको उत्तर पश्चिमी क्षेत्रको एउटा गाउँका महिलाहरुमाथि दुष्कर्म गरेको आरोप छ । आफूकहाँ सहयोगका लागि आउने महिलाहरुलाई उसले दुष्कर्म गरेर भिडियो बनाउने गरेको थियो । यी भिडियोबाट फेरी ब्ल्याकमेल गर्ने उसको धन्दा थियो।

फेसबुकमा निकै भाइरल भएको एउटा भिडियोमा दाडी पालेको एकजना मानिस र एकजना महिलाले सम्बन्ध बनाएको देखिन्छ । तर, यो भिडियोमा महिलाको भने पहिचान हुन सकेको छैन ।

एएफफी समाचार एजेन्सीका अनुसार, फरयाब सरकारका प्रवक्ता जावेद बिदारले रसुललाई ढुंगा हानेर मार्ने सम्भावना बढी भएको बताए ।

फरियाबका धर्मगुरुहरुले पनि रसुललाई ढुंगा हानेर मार्ने आदेश दिइसकेका छन् । त्यसैले प्रहरीले तत्काल गिरफ्तार नगरे स्थानीयवासीले नै उसलाई मार्ने सरकारका प्रवक्ताको भनाई छ ।

सामाजिक सञ्जालमा समेत रसुलको लिंग काटेर हत्या गर्नुपर्ने माग निकै उठेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!