१८ दिनको बच्चाको निजी अंग काटिन् नर्सले, ४ वर्षपछि ३६६ करोड क्षतिपूर्ति

अमेरिकाको जर्जियमा एकजना १८ वर्षीय बालकको लिङ्ग काटिएपछि उनले करिब ३ लाख ६६ हजार करोड रुपैयाँ क्षतिपूर्ति पाएका छन् ।

बच्चा १८ दिनको भएको बेला असावधानीवश नर्सले लिंग काटेको बताइन्छ । अहिले चारवर्ष पुगेका बालकलाई अदालतले २४ मिलियन पाउण्ड दिनुपर्ने आदेश दिएका हुन ।

ब्रिटिश पत्रिका द सनमा प्रकाशित समाचार अनुसार, बच्च लाइफ साइकल पेडियाट्रिक अस्पतालमा भर्ती भएका थिए । त्यहाँ काम गर्ने मेलिसा जोन्स नाम गरेकी नर्सले बच्चाको लिंगको बाहिरको छाला काटिरहेकी थिइन् । तर दुर्घटनावश बच्चाको लिंग नै काटियो ।

रिपोर्ट अनुसार, इमरेन्जसी सर्जरी गरेर लिंग जोडनुको साटो डाक्टरहरुले काटिएको हिस्सा फ्रिजमा राखेर रगत निस्किदै गरेको बच्चालाई घर पठाएका थिए । आमाले यसमा आपत्ती व्यक्त गरेपछि उनलाई यो वा त्यो बहाना गरेर फर्काइएको समाचारमा उल्लेख छ ।

अक्टोबर २०१३ मा भएको अपरेसनपछि यो मुद्दा अदालत पुगेको थियो । बच्चाको पनि निरन्तर उपचार गरिँदै आइएको छ ।

पिसाब फेर्न सजिलो होस भनेर उसको अन्य सर्जरी पनि गरिएको बताइन्छ । भविष्यमा बच्चाले यौन सम्बन्ध पनि राख्न सक्ने र प्रजनन क्षमतामा कुनै कमी नआउने चिकित्सकहरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: