फोटो अफ द डे

ओखलढुंगा, असोज १२ ।

ओखलढुंगाको पलापुका स्थानीयले खानेपानीको हाहाकार भोगेको धेरै भयो । खानेपानी भर्न बिहान ३ बजेदेखि लाइन रहेका महिलाको पालो बिहानको झुल्केघामसम्म पनि नआउँदा कोही निन्द्रा पु-याउदै छन् भने कोही पालो कुरेर सबेका छन् ।

खानेपानी मन्त्रालयले खानेपानीको जटिल समस्या भोगिरहेका जनताका लागि अभियाकै रुपमा मन्त्रालयमा जानकारी गराउनका लागि हट लाईन (टोल फ्रि नम्बर) सन्चालन गरेको छ ।

आफ्नो समस्या टिपाउँन पैसा नलाग्ने नम्बर १६६००१४२१११ वा खानेपानी मन्त्रालयको वेभसाइट तथा खानेपानी मन्त्री बिना मगरको फेसबुक पेजमा व्यवस्था गरिएको छ । खानेपानीको यस्तै समस्या भोगेको वा देखेका जनताहरुले माथि उल्लेखित नम्बर तथा वेभपेजमा समस्या टिपाएर समस्याबाट मुक्त हुन सकिने भएको छ ।

तस्बिर : पूर्णप्रसाद न्यौपाने, ओखलढुंगा, रासस

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  हिनुस् नयाँ चाँवी, गाडी पनि नयाँ नै हो !
%d bloggers like this: