प्रचण्डको गाँठो माधव नेपालले खोलेपछि…

यो सोझो प्रश्न माधव नेपाल मात्र होइन, आम नेपालीले पनि उठाएको प्रश्न हो ।

एभरेष्ट टिप्पणी । भारत भ्रमण जानुपूर्व प्रचण्डले आफ्नै निवास खुमलटारमा केही पत्रकारहरुसँग सरकारको काम कारवाहीलगायतका विषयमा केही कुरा गरे ।

पत्रकारहरुको साझा अभिव्यक्ति थियो, ‘ओली सरकारले जनचाहना अनुरुप काम गर्न सकेन, मन्त्री मात्र हैन प्रधानमन्त्री नै फेर्नुपर्ने पो हो कि ?”

प्रचण्डले यो अभिव्यक्तिमा केही प्रतिक्रिया दिएनन् । बरु समग्रमा एउटै कुरा भने– पार्टीका तर्फबाट सरकारको समीक्षा हुन्छ, राम्रा काम गर्नेलाई अगाडि लगिन्छ, काम गर्न नसक्नेले किन काम गर्न सकेनन त्यसको समीक्षा हुन्छ र पार्टीले उचित निर्णय गर्छ ।

भारतबाट फर्केपछि र चीनबाट फर्केपछि प्रचण्डले बिभिन्न कार्यक्रममा प्रचण्डलाई पत्रकारहरुले सोध्ने एउटै प्रश्न हुन्थ्यो– सरकारले काम गर्न नसक्दा पनि तपाई किन चुप ? मन्त्रीहरु फेर्ने विषयमा तपाईको धारणा के हो ?

अझ समस्या त प्रचण्डलाई कतिखेर पर्यो भने उनले मन्त्री फेरिने कुरा गरेलगत्तै प्रधानमन्त्री ओलीले एउटा कार्यक्रममा त्यसको खण्डन गर्दै भने, ‘मन्त्री फेरिन्नन् ।”

तर प्रचण्डले खुलेरै सरकारको बिरोध भने गरेनन् । बरु उनले बारम्बार एउटै कुरा गरे, ‘हामीसँग दुई तिहाई छ, सबै संयन्त्र हाम्रो मातहतमा छन् । अहिले पनि काम गर्न सकेनौं र जनअपेक्षा पुरा गर्न सकेनौं भने भविष्यमा जनता अगाडि वाचा गर्ने ठाउँमा हामी हुन्नौं । अनि जनताले हामीलाई किन पत्याउने ?”

प्रचण्डले सोझै सरकारको बिरोध गर्ने अभिव्यक्ति दिन सकेनन् । उनले सैद्धान्तिकरुपमा सरकारले काम गर्न नसकेको तर्फ संकेत मात्र गरे । पार्टीका दुई अध्यक्षमध्ये एकजना सरकारको नेतृत्व सम्हालिरहेको बेला सरकारको चोखो बिरोध गर्नु उनले सक्दैनथे पनि । यद्यपी आमरुपमा मानिसहरुले उनीबाट यही अपेक्षा गरेका थिए ।

अझ समस्या त प्रचण्डलाई कतिखेर पर्यो भने उनले मन्त्री फेरिने कुरा गरेलगत्तै प्रधानमन्त्री ओलीले एउटा कार्यक्रममा त्यसको खण्डन गर्दै भने, ‘मन्त्री फेरिन्नन् ।”

यसबाट प्रचण्ड र ओलीबीच नै सरकारको संरचना र काम कारवाहीबारे असहमति रहेको प्रष्ट देखिन्थ्यो ।

तर प्रचण्डले जनअपेक्षा अनुरुप काम गर्न नसके यसले जनतामा अविश्वासको संकट ल्याउने कुरा गरेपनि न मन्त्रीहरुको राजिनामाको कुरा गर्न सक्ने अवस्था थियो न सहअध्यक्षको नाताले अध्यक्ष तथा प्रधानमन्त्रीको बिरोधको ।

तर उनले राम्रैसँग संकेत चाहिँ दिँदै आए, चालामाला ठिक छैन है सरकारको ।

प्रचण्डले चाहेर पनि र जनताले चाहेर पनि बाहिर आउन नसकेको कुरा नेकपाका अर्का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालले कडारुपमा अभिव्यक्त गरे । व्यवस्थापिका संसदमा उनले मार्मिक भाषण दिए ।

प्रचण्डको मनको गाँठो फुकाउँदै नेपालले सोझै भने– राम्रो काम गरे सदनका सबै दलले र आम जनताले सरकारको समर्थन गर्छ । तर जता गएपनि असन्तुष्टि मात्र किन ?

यही कुरा सोझै प्रचण्डले भन्न सकेका थिएनन् ।

अहिले आम मानिसहरुले उनको त्यही मापदण्डलाई हेरेर ओली सरकारमा उनको हस्तक्षेपकारी भूमिका खोजिरहेको बेला माधव नेपालले सरकारविरुद्ध मुख फोरेका हुन ।

प्रचण्ड प्रधानमन्त्री हुँदा उनको सरकारको चर्को आलोचना भएको थियो । पाइला पाइलामा आलोचना सहेर पनि उनले सरकार छ र सरकारले साँच्चिकै एउटा मियोमा काम गरिरहेको छ भन्ने कुरा पुष्टि गर्दै लगे । संविधान कार्यान्वयनको एउटा जटिल काम थियो मधेसवादी दलहरुलाई मिलाउनु र चुनाव गर्नु । अर्कोतर्फ जनचाहना अनुरुप जनतालाई राहत दिने काम गर्नु उनको अर्को जिम्मेवारी थियो ।

सरकारमा प्रचण्डको दुई तिहाई थिएन । उनी त पार्टनर थिए नेपाली कांग्रेसका । न विचार मिल्ने न कार्यशैली ।

तर ती १० महिनामा मूल्यबृद्धिदेखि कैयन नयाँ मापदण्ड स्थापना गर्न उनी सफल भए ।

अहिले आम मानिसहरुले उनको त्यही मापदण्डलाई हेरेर ओली सरकारमा उनको हस्तक्षेपकारी भूमिका खोजिरहेको बेला माधव नेपालले सरकारविरुद्ध मुख फोरेका हुन ।

सोझो प्रश्न पनि हो– त्यतिखेर गठबन्धनको सरकार हुँदा मूद्रास्फिति (मूल्यबृद्धि) नियन्त्रण र सबैभन्दा कम मूल्यमा हुन सम्भव हुने, अहिले दुई तिहाई हुँदा किन भएन ?

किन अहिले अराजकता झनै मौलायो ? के यो सबै प्रतिपक्षले बिरोध गरेर मात्र हो ?

यो सोझो प्रश्न माधव नेपाल मात्र होइन, आम नेपालीले पनि उठाएको प्रश्न हो ।

माधव नेपालसमूह नेकपा भित्र सैद्धान्तिक र एकत्वका हिसाबले संगठति र बलियो समूह छ । र, ओली समूहबाट उत्तिकै पेलिएको पनि ।

त्यसअर्थमा सरकारको नेतृत्वमा रहेका र ओली समूहले नेपालको बिरोधलाई बिरोधीको बिरोधका अर्थमा नलिने सम्भावना होइन । तर यो अभिव्यक्ति माधव नेपाल मात्र होइन, आम नेपालीको हो भन्ने कुरा स्पष्ट देख्न सकिन्छ । अझ यो बीचमा प्रचण्डले घुमाउरो भाषामा भन्दै आएका कुरालाई माधव नेपालले स्पष्टरुपमा अगाडि सारिदिएपछि स्थिति सच्चिएन भने नेकपाभित्र ओलीसमूह अल्मतमा पर्ने समेत कतिपय आँकलन गरेका छन् ।

यद्यपी प्रचण्डको मुभ हेर्दा उनी कुनै समूहसँग नजिक हुने अवस्था भने छैन ।

उनका लागि ओली समूह र माधव नेपाल समूह दुबैसँग कार्यनीतिक मुद्दाका आधारमा सम्बन्ध विकास गर्नुपर्ने चुनौती बाँकी छ ।

प्रचण्डको मनमा सरकारले काम गर्न नसकेको कुरा खुलेरै प्रकट गर्न नसकेको गाँठो परेको देख्न सकिन्छ । किनभने उनी मन नपरेको कुरा सोझै भन्ने प्रकृतिका नेता हुन । भारत होस् कि चीन । राजा होस् कि कुनै राजनीतिक पार्टी, उनले खुलेरै बिरोध गरेका छन् मन नपर्ने कुराको । तर नेकपाको कार्यकारी अध्यक्षको भूमिका भइसकेपछि उनका अगाडि कतिपय कुरा सोझै भन्ने छूट छैन । यही कमी पुरा गरिदिएका छन् माधव नेपालले ।

जे होस्, सरकार आलोचनाको भुमरीमा परेको छ । यसबाट निस्किने उपाय तत्काल नखोज्ने हो भने यो आलोचनाले कम्युनिष्टहरु प्रति नै अविश्वास पलाउने वातावरण सिर्जना हुने खतराबाट मुक्त हुन सकिने देखिन्न ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!