कठै ! डिएनएको आस र त्रास, अब के होला ?

डिएनएको रिपोर्ट हेर्ने अधिकार कसलाई हुन्छ ? जिल्लाको एसपीलाई या अनुसन्धान टिमलाई ?

एभरेष्ट टिप्पणी, विज्ञानका विद्यार्थीहरुले चित्र बनाउन रमाउने डिएनए । पुस्ताको नासो स्थानान्तरण हुन्छ भनेर बुझेको विषय ।
अहिले भने विज्ञान पढेका मात्रै होइन, घाँस दाउरा गर्नेदेखि खेत गोठालोमा समेत यो डिएनए निकै चर्चित बनेको छ ।

कसैका लागि यो त्रास बनेको छ, कसैका लागि आस ।

र, कसैका लागि समय काट्ने साधन ।

कुनै बेला हिउँद लागेपछि आन्दोलन भए त टायर बालेर आगो ताप्न हुन्थ्यो भनेर सडक बालबालिकाले कुर्ने स्थिति जस्तो । सडक तताउने विषय ।

निर्मला हत्याकाण्डमा शुरुमा अनुसन्धान जसरी अघि बढ्यो, त्यसबाट यो डिएनएप्रतिको मोह बढेर गएको थियो । प्रहरीले अनुसन्धानलाई यान्त्रिक र मनोगत ढंगले अघि बढाएपछि सिर्जना भएको परिस्थितिलाई ‘हेण्डल’ गर्न डिएनएको विषयले प्रवेश पाएको थियो ।
अझ एकजनाको मात्र हो र ? आधा दर्जन व्यक्तिको डिएनए परीक्षण चानचुने कुरा थिएन ।

उनले त्यसो किन गरे, त्यसको सार्वजनिक जवाफ उनले दिनुपर्छ । दिलिप विष्ट गिरफ्तारी र सार्वजनिकीकरणको सम्पूर्ण प्रकरणको बेलिबिस्तार उनले दिनैपर्छ ।

कसैको मनमा त्रास थियो होला (शायद)

तर एउटा ठूलो जनसंख्यामा भने ठूलो आस थियो ।

र, केही यो सबै परिघटना देखेर हाँस्य पनि गर्दैछन् होला (अहिलेको अवस्था हेर्दा कतै टाढा लुकेको हत्यारा सम्भवतः)

प्रहरीले शुरुमा एकजना मानसिक स्वास्थ्य ठीक नभएका दिलिप विष्टलाई अपराधी देख्यो । पत्रकार सम्मेलन गरेर दिलिप नै हत्यारा भएको जबर्जस्ती दलील (तर्क) दिइयो ।

दिलिपले पनि मैले नै बलात्कार गरेर मारेको भन्दिए । यो उनले के कारणले भने त्यो अझै खुलेको थिएन ।

एसएसपी डिल्ली विष्टले धम्कीकै भाषामा भने– हाम्रो अनुसन्धानबाट यही नै हत्यारा हो भन्ने पत्ता लाग्यो, अब तपाईहरुलाई लाग्दैन भने को हो खोजेर ल्याउनु न त ।

ठाडोे चुनौती थियो ।

जनताले पत्याएनन

मानेनन ।

र, यो जनताको मनोविज्ञानलाई टायर बाल्न पर्खेकाहरुले ‘क्यास’ गरे ।

अर्थात् मानौं, बाउ, छोरा र छोराको साथीले सामूहिक बलात्कार गरेका थिए ।

आन्दोलन चर्कियो ।

अझै चर्कियो ।
झनै चर्कियो ।

एकजनाको शहादत भयो ।

र, बल्ल केन्द्र तात्यो ।

एसएसपी र सिडिओ झिकाइए ।

जनताले एसएसपी, उनको छोरा र एकजना विष्ट थरका युवाले उक्त कुकृत्य गरेको हुनसक्ने चर्चा गरे ।

जनताको मनोविज्ञानलाई टायर बाल्नेहरुले झनै आगो बाले ।

यसरी प्रस्तुत गरियो, मानौं, एसएसपी विष्टले नै बलात्कार गरेका हुन ।

उनका छोरा र अर्को युवा पनि त्यसमा सहभागी थिए ।

अर्थात् मानौं, बाउ, छोरा र छोराको साथीले सामूहिक बलात्कार गरेका थिए ।

नेपाल न हो, हल्लाका पछि दौडिने । राज्य पनि के कम, आफूमाथि बल्न खोजेको आगो छेल्न तत्कालै तिनैजनाको डिएनए परीक्षणका लागि नमूना लिइयो ।

सम्बन्धित् समाचार  यस्ता छन् गुल्मीमा अडियो आतंकका चार फायरहरु

यो सबै नाटक गर्नुको खासै अर्थ थिएन ।

कतिपय अवस्थामा अनुसन्धान सही ढंगले गर्ने हो भने अनुसन्धानले हो या होइनको अन्तिम किनाराको साक्षीका रुपमा हो डिएनए लिइने ।

अन्य तथ्यहरु करिब करिब पुगेको र अन्तिम निक्र्यौल गर्न हो डिएनए परीक्षण गरिने ।

यदि एसएसपीले साँच्चै बलात्कार गरेका भए या उनका छोरा–साथीले गरेका भए उनले डिएनए परीक्षण पनि हुनसक्छ भनेर नसोचेका थिए होलान र ?

तर, यहाँ गम्भीर अनुसन्धान भन्दा पनि तत्कालको जनताको संवेदनालाई सम्बोधन गर्ने होडबाजी थियो ।
प्रतिपक्ष र सरकारको ।

यी दुबैको निशाना बन्यो डिएनए ।

र, अन्तमा ।

न दिलिपको डिएनए मिल्यो, न एसएसपी विष्टको न त अन्य दुई जना आरोप लगाइएकाहरुको नै ।

जनता, पत्रकार, नेता र अनुसन्धानदेखि गृहसम्म एकअर्थमा मूर्ख नै भनौं ।

यदि एसएसपीले साँच्चै बलात्कार गरेका भए या उनका छोरा–साथीले गरेका भए उनले डिएनए परीक्षण पनि हुनसक्छ भनेर नसोचेका थिए होलान र ?

एकातिर उनले प्रमाण नष्ट गरे भन्ने चर्चा थियो, अर्कोतर्फ उनको डिएनए परीक्षण । यी विरोधाभाषबीच गृहले पनि जे सुकै होस, माग उठ्यो पुरा गरम न भन्ने शैलीमा अन्य अनुसन्धानको निष्कर्शसँग तादाम्यता या सूत्रहरु जोडनु अघि नै डिएनए परीक्षण गर्यो ।
कसैको मिलेन ।

मिल्ने कुरा पनि थिएन । घटनाको प्रकृति हेर्दा बरु मिलेको भए दिलिपकै मिल्थ्यो कि, किन कि निर्मलाको स्वाबमा दिलिपको बीर्य मिसाउनु प्रहरीका लागि त्यति असहज काम थिएन ।

डिएनएको रिपोर्ट हेर्ने अधिकार कसलाई हुन्छ ? जिल्लाको एसपीलाई या अनुसन्धान टिमलाई ? यो प्रश्नको उत्तर कसैले दिँदैन ।

तर उनको पनि मिलेन ।

यदि डिएनएलाई नै स्वीकार्ने हो भने यी चार जना नै निर्दोष हुन त ?

त्यसो भए हत्यारा को ?

कसले गर्यो त्यो हत्या ?

अहिले टायर तताउने देखि टायरदेखि डराउनेहरु सबै जिल्ल परेका छन् ।

एसपी विष्टले सुरुमा जुन गल्ती गरे, त्यो नै उनका लागि प्रत्युपादक बन्न पुग्यो । उनले गल्ती नगरी शुरुमा नै अनुसन्धानलाई गम्भीरतापूर्वक लिएका भए, दिलिप विष्टलाई अन्तिम अपराधी भनेर सार्वजनिक गर्ने दुस्साहस नगरेका भए, उनीविरुद्ध बलात्कारी र हत्याराको मनोविज्ञान नै निर्माण हुने थिएन ।

उनले त्यसो किन गरे, त्यसको सार्वजनिक जवाफ उनले दिनुपर्छ । दिलिप विष्ट गिरफ्तारी र सार्वजनिकीकरणको सम्पूर्ण प्रकरणको बेलिबिस्तार उनले दिनैपर्छ । यदि उनको विवसता थियो, बाध्यता थियो, नियत थियो या के थियो ? त्यो कुरा अनि मात्रै स्पष्ट हुन्छ ।
र, सँगसँगै उनीलाई हत्यारा या बलात्कारी देखाएर वास्तविक बलात्कारी लुक्न खोजेका त होइनन ? कम्तीमा अहिले डिएनएको रिपोर्ट आइसकेपछि यो प्रश्नतर्फ पनि ध्यान जानु जरुरी छ ।

सम्बन्धित् समाचार  एमाले–माओवादी एकता र नयाँ वैचारिक धार

जबकि कतिपयले ठोकुवा गरेर नै उनीलगायतलाई बलात्कारी भनिरहेका थिए ।

अचम्म त के छ भने यता डिएनए रिपोर्ट आउँछ, उता जिल्लाका प्रहरी हाकिमले त्यसको सूचना पत्रकारलाई दिन्छन् ।

अनुसन्धान टोली गठन छ, उसको आदेश जिल्लाका प्रहरी हाकिमलाई आवश्यक पर्दैन । उनी नै अनुसन्धानका मुख्यकर्ता हुन जस्तो उनले सोझै भन्छन्– डिएनए मिलेन ।

डिएनएको रिपोर्ट हेर्ने अधिकार कसलाई हुन्छ ? जिल्लाको एसपीलाई या अनुसन्धान टिमलाई ?

यो प्रश्नको उत्तर कसैले दिँदैन ।

डिएनए विचरा ।

तर यहाँ यस्तो हुँदैन ।

भीडले एउटा कुरा गर्छ, हामी त्यसकै पछि दौडिन्छौं ।

यता गृहले गठन गरेको एउटा छानबीन समितिले प्रतिवेदन दिइसकेको छ । त्यो प्रतिवेदनको सुझाव र यो डिएनए परिणामबीच केही तादाम्यता छ । अनुसन्धानहरु चलिरहेको बेला बारम्बार जनतालाई भड्काउने गरी किन आउँछन् यस्ता विवादहरु ?

किन एसपी कठायतले डिएनएको परिणाम बारे हतारमा बोल्छन् ?

फेरी आन्दोलन चर्किसकेको छ ।

आन्दोलन चर्किन सरकार र प्रहरीले नै छूट दिएको छ ।

एउटा प्रक्रियागत ढंगबाट व्यवस्थित तरिकाले अनुसन्धान गर्ने र त्यसको टुंगोमा पुगेपछि मात्रै अनुसन्धानको नतिजा सार्वजनिक गर्नु अनुसन्धानको सामान्य सिद्धान्त हो ।

तर यहाँ यस्तो हुँदैन ।

भीडले एउटा कुरा गर्छ, हामी त्यसकै पछि दौडिन्छौं ।

नत्र विष्टको डिएनए परीक्षण गर्ने आधार के थिए भनेर सार्वजनिक गरिनुपथ्र्यो । उनको कुन गतिविधिले कहाँ के देखिएर बलात्कारमा संलग्न भएको हुनसक्छ भन्ने कुरा कुनै अन्य तथ्यले संकेत गर्नुपर्ने थियो ।

प्रमाण त्यतिखेर लुकाइन्छ जतिखेर प्रहरीलाई कसैलाई जोगाउनु पर्ने हुन्छ ।

यसले विष्ट नै हत्यारा हुन भन्ने एउटा तप्काको स्वरलाई साथ दिँदै प्रहरीले उनको डिएनए गर्यो । यदि यो यो कारणले विष्टको डिएनए गर्नु जरुरी छ भनेर पछाडिका आधारगत तथ्यहरु सार्वजनिक गरिएको भए । तर त्यसो नहुँदा सबैलाई लौ यी ३ जना पक्कै पनि हत्यारा हुन र डिएनएबाट त्यो पुष्टि हुन्छ भन्ने आशा पलाउने थिएन । अहिले डिएनएलाई रामबाण बनाउँदा यसले झनै स्थिति बल्झेको छ ।

तर यो जरुरी ठानिएन ।

र, यसले निम्त्यायो निराशा ।

चर्को निराशा ।

एउटा सत्य के हो भने निर्मला पन्तको हत्या निकै निर्मम ढंगले गरिएको छ । प्रहरीले शुरुमा प्रमाण लुकाएको छ ।

प्रमाण त्यतिखेर लुकाइन्छ जतिखेर प्रहरीलाई कसैलाई जोगाउनु पर्ने हुन्छ ।

गृहमन्त्री स्वयम्ले प्रहरीबाट अनुसन्धानमा लापरवाही भएको स्वीकारिन्छ भने यो लापरवाही के कति नियत र कारणले भयो भन्ने कुरा खोजेर अपराधीतर्फ लम्किन सकिन्न्थ्यो र ?

त्यतिखेर भेटिएका कण्डमहरु नाटक मञ्चन गरिएको थियो भन्ने कुरा पुष्टि भइसकेपछि, दिलिपलाई फसाउन खोजिएको रहेछ भन्ने कुरा प्रमाणित भइसकेपछि त्यो कसले गर्न खोजेको रहेछ भन्ने कुरालाई आधार मानेर अघि बढ्ने हो भने हत्यारासम्म पुग्न नसकिएला र?

सम्बन्धित् समाचार  बहालवाला मन्त्रीहरु कूटनीतिक मर्यादा कुल्चिंदै

समस्या के हो भने यो घटनामा विपक्षीलाई सरकारलाई निशाना बनाउनु छ । सरकारले व्यवस्थित ढंगले अनुसन्धान शुरु गर्नै सकेन ।
पछिल्लो दिनमा अनुसन्धान अलि गहन ढंगले अघि बढेको आभास नभएको होइन । तर यो डिएनएको रिपोर्ट यसरी हावा तालले सार्वजनिक गरिँदा नयाँ अनुसन्धान पनि कति गम्भीर छ भन्ने कुरामा शंका उत्पन्न हुने ठाउँ सिर्जना गरिएको छ ।

अब गृहका अगाडि तीनवटा मुख्य काम छन् गर्नुपर्ने ।

पहिलो, निर्मला पन्तका बारेमा अहिलेसम्म भए गरेका सबै अनुसन्धानका पक्षहरुको सिलसिलेवार जानकारी जनतासमक्ष सार्वजनिक गर्नु । तर अनुसन्धानलाई प्रभाव पार्नसक्ने जानकारी सार्वजनिक गर्नु जरुरी हुँदैन ।

एउटा दुर्घटना भइसक्यो । टायर बाल्नेहरुले मौका पाइसके । सच्याउनुपर्ने ठाउँमा चिप्लिइसकियो । तर अझै केही बिग्रेको छैन ।

दोश्रो, अहिले चलिरहेको अनुसन्धानलाई व्यवस्थित पार्नु । साँच्चिकै अनुसन्धान गर्नु । बाह्य पक्षले अनुसन्धानलाई हदैसम्म प्रभावित गर्न खोजिरहेको सत्य भएपनि त्यसलाई चिरेर सबै पक्ष समेटेर बृहत तवरले अनुसन्धानमा पुग्न । र, अनुसन्धानका क्रममा डिएनए रिपोर्ट सार्वजनिक गरिएजस्तो केटाकेटीपन नगर्नु ।

तेश्रो, आफ्नो प्रहरीलाई चेन अफ कमाण्डमा राख्नु । कसले कसलाई कसरी रिपोर्ट गर्ने हो त्यो स्पष्ट पार्नु । अराजकतामा प्रहरी चल्यो भने त्यसले दुर्घटना निम्त्याउँछ । गृहभित्रै एउटा विशेष सेल गठन गरेर सोझो रिपोर्टिङ लिने र सोही अनुरुप सूचना सार्वजनिक गर्ने व्यवस्था मिलाउनु ।

एउटा दुर्घटना भइसक्यो । टायर बाल्नेहरुले मौका पाइसके । सच्याउनुपर्ने ठाउँमा चिप्लिइसकियो ।

अनुसन्धानलाई घटनास्थलबाटै शुरु गरेर त्यो सँग सम्बन्धित सबै तथ्यहरुको गहन र सूक्ष्म अवलोकन गरेर, तथ्यहरुलाई एक अर्कासँग मिलान गरेर, सूत्रहरु पहिल्याउँदै सोही अनुरुपको प्राविधिक जाँच गरेर अघि बढाउनु यसको नियम हो । यसलाई सही ढंगले अगाडि बढाउने र सूक्ष्मरुपमा गरिने अनुसन्धानमा इमान्दारिता देखाउने हो भने प्राविधिक तथ्यहरुले धोका दिएको अवस्थामा समेत बस्तुगत तथ्यहरुले अनुसन्धान सफल हुन सक्छ ।

आरोप कसले कसमाथि लगाएका छन र कसले के कसरी प्रोभोक (उचाल्ने) गरिरहेका छन् भन्ने कुराले अनुसन्धान प्रभावित भए यसले सही परिणाम दिन सक्दैन । त्यसैले शंकामा दायरामा रहेका सबैमाथि सूक्ष्म अनुसन्धान गर्ने, सबै घटनाक्रमहरुलाई केलाउने, निर्मलाको जन्मदेखि मृत्युसम्मको सबै पाटाहरुसम्म पुग्ने अवस्थामा नेपाल प्रहरी जस्तो अपराध र अनुसन्धानमा अब्बल मानिने संगठनका लागि यो घटना असफलताको घटना बन्न सक्दैन ।

तर अझै केही बिग्रेको छैन ।

हत्यार पत्ता लाग्न सक्छन् ।

डिएनए मात्रै सबैथोक होइन ।

आवश्यकता मात्र गम्भीर अनुसन्धानको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: