फेरि बढयो बजारमा सुनको भाऊ, चाँदीको स्थिर !

काठमाडौं, असोज १६। साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य ३ सयले रुपैयाँले बढेको छ ।

सोमबार बजारमा छापावाल सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने आज
बढेर बजारमा सुन प्रतितोला ५८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमबार तेजावी सुन प्रतितोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर बजारमा सुन प्रतितोला ५७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, मंगलबार बजारमा चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

सोमबार बजारमा चाँदी प्रतितोला मूल्य ७३५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ७३५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  सोमबार बजारमा कतिले बढ्यो त सुनचाँदीको मूल्य ?
%d bloggers like this: