फेरि बढ्यो सुनचाँदीको भाऊ, तोलामा कतिले बढ्यो ?

काठमाडौं, असोज १७ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य ९ सयले रुपैयाँले बढेको छ ।

मंगलबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि बढेर बजारमा सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार तेजावी सुन प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि बढेर बजारमा सुन प्रतितोला ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, बुधबार बजारमा चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

सोमबार बजारमा चाँदी प्रतितोला मूल्य ७३५ रुपैयाँमा कारोबार भएको थियो भने आज बढृेर चाँदी प्रतितोला ७५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!