पाकिस्तानी हस्तकला सामग्री मेला [फोटोफिचर]

काठमाडौँ, असोज १७ । पाकिस्तानमा उत्पादित सामग्रीको प्रदर्शनी स्थानीय त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड सेन्टरमा शुरु भएको छ ।

विगत १० वर्षदेखि आयोजना हुँदै आएको उक्त मेलालाई यो साल ‘मेड इन पाकिस्तान, सार्क एडिसन’ नाम दिइको छ । भूकम्पका कारण २०७२ मा भने मेड इन पाकिस्तान मेला आयोजना भएन ।

पाकिस्तानको रावलपिन्डी उद्योग वाणिज्य सङ्घले राजधानीस्थित पाकिस्तानी राजदूतावास र इस्लामावादमा रहेको नेपाली दूतावाससँगको सहकार्यमा आयोजना गरेको उक्त प्रदर्शनीको नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेद र नेपाल–पाकिस्तान मैत्री संगठनका अध्यक्ष हिमालयशम्शेर जबराले संयुक्तरुपमा उद्घाटन गरे ।

सो अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत जावेदले भौगोलिक रुपमा पाकिस्तान र नेपाल टाढा रहेपनि दुई देशका उद्यमी–व्यापारी र नागरिकबीचको सम्पर्कले पारस्परिक सम्बन्धलाई सुदृढ तुल्याएको बताए । अध्यक्ष राणाले ६० वर्ष पुरानो नेपाल र पाकिस्तानबीचको सम्बन्ध पछिल्लो समयमा प्रगाढ बनेको चर्चा गर्दै यसलाई यस्ता व्यापार मेलाले अझ मजबुत बनाउने बताए ।

मेलामा फर्निचर, छालाका सामान, हस्तकलाका सामग्री, लत्ता कपडा, नक्कली गरगहना सुपथ मूल्यमा बिक्री हुने वाणिज्य संघका क्षेत्रीय अध्यक्ष खर्सिद बर्लासले बताए । मेला यही असोज २३ गतेसम्म जारी रहने छ ।

सम्बन्धित् समाचार  प्रेमका विविध समस्या उजागर गर्दै ‘अप्रिल फुल’

तस्वीर: रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: