विश्वविद्यालयमा बाहुबली प्रथा !

त्रिशंकु 

गएको महिना मात्र विश्वविद्यालय परिसरमा बसेको त्रिवि सभाको बैठकले सन् २०३० सम्म त्रिभुवन विश्वविद्यालयलाई विश्वका उत्कृष्ट एक हजार विश्वविद्यालयमा समाविष्ट गराउने लक्षका साथ ‘भिजन-२०३०’ को घोषणा गर्यो र त्यसको दुई सातामै ‘टाइम्स हाइअर एजुकेशन वर्ल्ड युनिभरसिटी र्‍याङ्किङ’मा त्रिवि पहिलोपल्ट सामेल भएको समाचार आयो ।

उक्त शिक्षण संस्थानहरूको वरीयता तोक्ने प्रमुख तीन वरियता क्रमहरू मध्ये एक ‘टाइम्स ऱ्याङ्किङ’मा परेपछि विश्वविद्यालयका सरोकारवालाहरूबीच यस उपलब्धिलाई कसरी सुरक्षित गर्ने र कसरी विश्वविद्यालयको प्राज्ञिकस्तर उकास्नेबारे गहन मन्थन सुरु हुनु पर्ने थियो तर त्यस्तो केही भएन । बरू आइतबार केही विद्यार्थीहरूको आक्रोशपूर्ण जत्थाले शिक्षाध्यक्ष कार्यालमा धावा बोल्यो र त्यहाँ निर्मम वितण्डा मच्चायो । यस क्रममा त्यहाँ रहेको भौतिक सामग्री मात्रै तोडफोड भएन बरु कार्यरत कर्मचारीहरूसँग समेत अभद्रतापूर्ण व्यवहार गरियो ।

सैद्धान्तिक रूपमा विश्वविद्यालयमा पढाउनेदेखि लिएर यसको नेतृत्व गर्ने व्यक्तिको छनौट गर्दा प्राज्ञिक विशिष्टतालाई प्राथमिकतामा राखिनु पर्दथ्यो तर २०४६ को परिवर्तनपछि सतहमै देखिन थालेको राजनैतिक हस्तक्षेपले विश्वविद्यालयको सेवा र नेतृत्वलाई राजनैतिक नेतृत्वलाई खुसी पार्न गरिएको लगानीको ब्याजको रूपमा स्थापित गरिदियो र कुनै न कुनै रूपमा यो नै वर्तमान अराजकताको कारण हो ।

कुनै पनि शिक्षण संस्थामा संस्थापन, कार्यरत शिक्षक कर्मचारी र त्यहाँ अध्ययनरत विद्यार्थीबीचको त्रिपक्षीय सम्बन्ध नै उक्त संस्थाको विकासको मियो बन्ने कुरामा कदापि यो दुविधा हुन् सक्दैन । तर सुनौलो भविष्यको सपना देखेर विश्वविद्यालयमा पुगेका विद्यार्थीहरू कुरा कुरामा यसरी अराजक भइदिनु र तोडफोडमै उत्रिनुलाई राम्रो संकेत मान्न सकिँदैन ।

हुन त हाल विश्वकै एक हजार उच्च शिक्षा संस्थानहरूमा सूचिकृत त्रिभुवन विश्वविद्यालय लामो समयदेखि थुप्रै समस्याहरूका डङ्गुरमुन्तिर थचारिएर बसेको छ र यी मध्ये अधिकांश समस्या गैर प्राज्ञिक रहेका छन् । टाइम्सको सूचिको शीर्षमा पर्न सफल कुनै पनि विश्वविद्यालयहरूको विद्यार्थी संख्या  हेर्ने हो भने त्यो २० हजारको हाराहारी रहेको छ । विश्वमै सर्वाधिक विद्यार्थी भर्ना गर्ने विश्वविद्यालयको शीर्ष सूचीमा रहेको त्रिभुवन विश्वविद्यालय यस सूचीमा पर्नु चानचुने उपलब्धि होइन ।

टाइम्सकै आँकडा अनुसार त्रिविले हाल लगभग तीनलाख  साठी हजार विद्यार्थी पढाइरहेको छ । यस्तोमा अन्य धेरै विद्यार्थी हुने विश्वविद्यालयहरूलाई उछिन्दै त्रिवि यस सूचीमा पर्नु आफैंमा ठुलो उपलब्धि हो । यसले विश्वविद्यालय निरन्तर प्रगतितिर लम्किराखेको छ भन्ने देखाउँछ । यसले के देखाउँछ भने विश्वविद्यालयमा प्राज्ञिक गतिविधिहरू निरन्तर भैरहेका छन् र नयाँ नयाँ शोध-खोजमा त्यहाँका शिक्षक विद्यार्थीहरू अहोरात्र खटिएका छन् । तर यस्तो समयमा विद्यार्थीहरूको यस्तो उग्र र अराजक काम देखिन जाँदा  यसले विश्वविद्यालयभित्रको कथित प्राज्ञिक वातावरणको पोल खोलिदिएको छ ।

विश्वविद्यालयको शैक्षिक पाटो हेर्ने सर्वोच्च निकायको रुपमा रहेको शिक्षाध्यक्षको कार्यालयमै यस प्रकारको तोडफोड र अभद्र व्यवहारले विश्वविद्यालय सैधान्तिक विघटनको दिशातिर गएको संकेत गरेको छ ।

हुन त त्रिभुवन विश्वविद्यालयमा यस्ता तोडफोड र अग्नियज्ञहरूको लामो इतिहास छ । यसमा विद्यार्थीहरूलाई निरपेक्ष रूपमा दोषी देख्नु बेइमानी हुनेछ । विगत केही वर्ष यता विश्वविद्यालयलाई सरकारको निम्ति विचार र दृष्टिकोण उत्पादन गर्ने कारखाना भन्दा पनि राजनैतिक दलहरूको कार्यकर्ता भर्ती केन्द्र बनाइएको तीतो यथार्थ लुकाएर लुक्न सक्दैन ।

राजनैतिक दलहरूप्रति वफादारीलाई नै विश्वविद्यालय प्रवेशको प्रथम अनिवार्य शर्त बनाइँदा प्राध्यापनतर्फ आफ्नो भविष्य देखिराखेका युवाहरूसँग दुई विकल्प रहने गरेका छन्: कि त विश्वविद्यालय सेवाका लागि आक्कल-झुक्कल खुल्ने खुला प्रतिस्पर्धा नखुलुञ्जेल पर्खिराख्ने, कि शक्तिशाली दलहरूका भातृसंगठनहरूमा प्रवेश गरेर आफ्नो ‘शौर्य’ प्रदर्शन गर्ने । यस्तो शौर्य प्रदर्शनका पछाडि ती विद्यार्थीको आफ्नो विवेकभन्दा पनि ‘माथिको निर्देशन’ बढी हावी रहेको हुन्छ ।

यसरी बेलाबेला आउने ‘माथिको निर्देशन’मा बढी-चढी भाग लिइराख्नुले नेतृत्वको सर्टलिस्टमा परिने र त्यसकै ब्याज स्वरूप भनेको ठाउँमा सेटल हुनसक्ने हैसियत बन्न सक्ने भएकाले उर्जावान युवाहरू आफ्नो उर्जालाई रचात्मकतातिरभन्दा पनि निर्देश पालना गर्नतिर केन्द्रित गर्दछन् र यस्ता घटनाहरू घट्ने गर्दछन् ।

तर विगतदेखि स्थापित परिपाटीले प्रत्येक आन्दोलनमा आन्दोलनरत विद्यार्थीहरूले नेतृत्वमा रहेका आफ्नो विचार इतर व्यक्तिहरूसँग बनिबनाउ रूपमा असहिष्णु भइदिनाले पारस्परिक अन्तरक्रियाका सम्भावनाहरू बाँकी राख्दैन ।

शिक्षाध्यक्ष कार्यालयमा भएको तोडफोडले विश्वविद्यालयको ‘स्कुलिङ’को ढाड खुस्काइदिएको छ । यस अघि पनि पटक पटक विभागहरूमा आगजनीका घटनाहरूले देशकै भविष्यरेखा कोरिने संस्थामा यस्तो किन भइराखेको छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।

दोष कसको ?

सैद्धान्तिक रूपमा विश्वविद्यालयमा पढाउनेदेखि लिएर यसको नेतृत्व गर्ने व्यक्तिको छनौट गर्दा प्राज्ञिक विशिष्टतालाई प्राथमिकतामा राखिनु पर्दथ्यो तर २०४६ को परिवर्तनपछि सतहमै देखिन थालेको राजनैतिक हस्तक्षेपले विश्वविद्यालयको सेवा र नेतृत्वलाई राजनैतिक नेतृत्वलाई खुसी पार्न गरिएको लगानीको ब्याजको रूपमा स्थापित गरिदियो र कुनै न कुनै रूपमा यो नै वर्तमान अराजकताको कारण हो ।

विश्वविद्यालयहरू चेतना केन्द्र हुने भएकाले त्यहाँ राजनैतिक बहस हुनु, विभिन्न आन्दोलन हुनुलाई अन्यथा मान्नु हुँदैन । तर प्रत्येक आन्दोलन कुनै न कुनै तार्किक धरातलमा उभिइरहेको हुन्छ र यस्तो धरातलबाट उठेको आन्दोलनमा कथंकदाचित हिँसा भइहाल्दा पनि त्यसको औचित्य पुष्टि गर्न सकिएला तर हिँसालाई नै प्रथम र अन्तिम उपाय मनिएमा त्यसले कदापि सुखद परिणति ल्याउन सक्दैन ।

टाइम्सकै आँकडा अनुसार त्रिविले हाल लगभग तीनलाख  साठी हजार विद्यार्थी पढाइरहेको छ । यस्तोमा अन्य धेरै विद्यार्थी हुने विश्वविद्यालयहरूलाई उछिन्दै त्रिवि यस सूचीमा पर्नु आफैंमा ठुलो उपलब्धि हो ।

तर विगतदेखि स्थापित परिपाटीले प्रत्येक आन्दोलनमा आन्दोलनरत विद्यार्थीहरूले नेतृत्वमा रहेका आफ्नो विचार इतर व्यक्तिहरूसँग बनिबनाउ रूपमा असहिष्णु भइदिनाले पारस्परिक अन्तरक्रियाका सम्भावनाहरू बाँकी राख्दैन । यसले विद्यार्थीहरूमा आलोचनात्मक चेत र रचनात्मकताको विकास हुनुको साटो जडताको विकास हुने डर सदैव रहिरहन्छ । यस्तो हुनु देशकै भविश्को लागि अशुभ संकेत हो ।

विश्वविद्यालयमा बारम्बार तोकिएका मापदण्डहरू मिचिनु र त्यसका ठाउँमा विशुद्ध राजनैतिक स्वार्थ हावी भइदिनु यस समस्याको जरोकिलो हो, यसमा दुविधा छैन । यसले विगतदेखि नै विश्वविद्यालय प्राज्ञिक अभ्यासको थलो बन्नुभन्दा पनि राजनीतिको अखडाको रूपमा चित्रित हुँदैछ । राजनीतिक भागबण्डाले थिलथिलो परेको विश्वविद्यालयमा यस्ता घटनाहरूलाई ठूलो अचम्मका रूपमा हेरिन छाडेको छ । यो अत्यधिक दुःखद विषय हो ।

विश्वविद्यालयको शैक्षिक पाटो हेर्ने सर्वोच्च निकायको रुपमा रहेको शिक्षाध्यक्षको कार्यालयमै यस प्रकारको तोडफोड र अभद्र व्यवहारले विश्वविद्यालय सैधान्तिक विघटनको दिशातिर गएको संकेत गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!