विमानस्थलबाटै मन्त्री मगरकाे उद्घाेष ‘सरसफाई तथा ढलको क्षेत्रमा गम्भीर हुनुपर्ने समय आयो’

काठमाडौं । खानेपानी मन्त्री बिना मगर महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएकी छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै खानेपानी मन्त्री मगरले सम्मेलनमा सहभागी सबै राष्ट्रहरुले सरसफाईको क्षेत्रमा साझा संकल्प बनाउनु पर्नेमा जोड दिएको जानकारी र्दिए ।

उनले सरसफाई क्षेत्र सबैका लागि साझा एजेण्डा भएको बताए । उनले भने, ‘अहिले सबै राष्ट्रले सरसफाई तथा ढलको बारेमा चिन्ता र चासो देखाएका छन् । नेपालले सरसफाईको क्षेत्रमा अरुको भन्दा राम्रै उपलब्धी हासिल गरेको छ । ढलको व्यवस्थापन गर्नु अहिले सबै राष्ट्रका लागि चिन्ताको विषय बनेको देखियो । हामी पनि ढलको समुचित व्यवस्थापनमा जोड दिईरहेका छौं ।’

मन्त्री मगरले राज्यका सबै निकायले सरसफाई र ढलको क्षेत्रमा विशेष गम्भीर भएर सोच्नुपर्ने अवस्था आइसकेको बताइन् । उक्त सम्मेलनमा भाग लिन उनी गत शुक्रबार भारतको नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

महात्मा गान्धीको १५० औं जन्मजयन्तीको अवसरमा भारत सरकारले आयोजना गरेको ४ दिने सम्मेलनमा नेपालको तर्फबाट उनले भाग लिएकी थिइन् ।

सम्मेलनमा खानेपानी मन्त्रीसँगै खानेपानी तथा ढल निकास विभागका उप–महानिर्देशक सुनीलकुमार दाससमेत सहभागी रहेका थिए । उक्त सम्मेलनमा ६० भन्दा बढी देशका खानेपानी तथा सरसफाई मन्त्रीहरु सहभागीता थियाे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: