अनुगमन गर्दा मेलम्चीका अधिकांश पसल दर्ताबिनै सञ्चालनमा

मेलम्ची, असोज १९ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा अधिकांश पसल दर्ताविना सञ्चालन गरिएको पाइएको छ ।

मेलम्ची नगरपालिकाको नियमित अनुगमनको क्रममा ५५५ व्यवसायमध्ये ३० प्रतिशत नगरपालिकामा र ४० प्रतिशत स्थायी लेखा नम्बर (प्यान) मा मात्र दर्ता गरिएको पाइएको छ । अनुगमन समितिका संयोजक रामबहादुर लामाले प्रायः घरधनीले मञ्जुरीनामा नदिएकाले दर्ता गर्न समस्या भएको व्यवसायीले गुनासो बताए ।

तालामाराङका व्यवसायी रामकृष्ण देउजाले सहुलियत केही नदिइ नगरले कर मात्र लिएको गुनासो गरे ।

त्यस्तै, अर्का व्यवसायी दीपबहादुर पण्डितले स्वरोजगार भई अगाडि बढ्न खोज्नेलाई नगरले सहुलियत केही नदिई करमात्र लगाएर दुःख दिएको आरोप लगाए । नगरपालिकाका नायब सुब्बा राजेन्द्र दुलालले १५ दिनभित्र दर्ता प्रक्रियामा आउन अनुगमनका क्रममा पत्र दिएको र प्रक्रियामा नआए रु पाँच हजार जरिवाना गरिने बताए । रासस

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  अण्डाको मूल्य बढ्यो
%d bloggers like this: