भोजपुर–लेगुवा सडकखण्डको भाडासँंगै ग्यासको मूल्य घट्यो

भोजपुर, असोज १९ । भोजपुर–लेगुवा सडकखण्डको भाडासँंगै ग्यासको मूल्य घटाइएको छ ।

चाडबाड नजिकिएसँगै जिल्लाका सरोकार भएका निकायको बैठकले मूल्य तथा भाडादर घटाएको हो । भोजपुरलाई तराईका जिल्लासंँग जोड्ने भोजपुर–लेगुवा सडकको स्तरउन्नती भएसंगै भाडा एक सय रुपैया घटाएको हो ।

छैसठ्ठी किलोमिटरको सो सडकखण्डमा यात्रुले रु ५ सय तिर्दै आएका थिए । त्यस्तै यही असोज २४ गतेदेखि लागू हुने गरी ग्यासको मूल्यमा प्रतिसिलिण्डर रु ७५ घटाइएको छ ।

व्यवसायीले ग्यास प्रतिसिलिन्डर रु १८ सय ७५ मा बेच्दै आएकामा रु एक हजार ८०० मा झारिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

त्यस्तै जिल्लामा बेलुका ८ बजेपछि मदिरा बिक्री वितरणमा समेत रोक लगाइएको छ । ट्याक्सीको भाडाका विषयमा भने एक साताभित्र पुनः बैठक बसेर निष्कर्ष निकालिने जनाइएको छ । रासस

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  बन्द भएको करीब २ महिनापछि बिहीबारदेखि हवाई उडान शुरु
%d bloggers like this: