लक्ष्मी लघुवित्तले बोनस हटाएरै लाभांशमात्र वितरण गर्ने प्रस्ताव

काठमाडौं, असोज २१ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले असोज २१ गते आइतबार सम्पन्न बैठकले २६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो वर्ष १० प्रतिशत बोनस र १६.३२ नगद लाभांश वितरण गरेको लघुवित्तले गतवर्षको नाफाबाट भने बोनस हटाएर नगद लाभांशमात्र वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैठकले लघुवित्तको चुक्ता पूँजी २४ करोड २० लाखको २६।३२ प्रतिशतले हुन आउने ६ करोड ३५ लाख ९४ हजार ४०० रुपैयाँ (नगद लाभांशको करसहित) प्रस्ताव गरेको लघुवित्तको प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले बताए ।

मेरोलगानीबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!