बजारमा घट्यो सुनचाँदीको मूल्य ! तोलामा कतिले घट्यो ?

काठमाडौं, असोज २२ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ।

आइतबार बजारमा छापावाल सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर बजारमा सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार तेजावी सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर बजारमा सुन प्रतितोला ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, सोमबार बजारमा चाँदीको मूल्य लश रुपैयाँले घटेको छ ।

आइतबार बजारमा चाँदी प्रतितोला मूल्य ७५० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी प्रतितोला ७४० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  बजारमा सुनको मूल्य घट्यो, चाँदीको स्थिर
%d bloggers like this: