विजय लघुवित्तले १० प्रतिशत बोनस तथा लाभांश वितरण

काठमाडौं, असोज २२ । विजय लघुवित्तको आइतबार बसेको संचालक समितिको बैठकले गतवर्षको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस तथा कर बापत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

अघिल्लो वर्ष १० प्रतिशत बोनस र पाँच प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यसवर्ष भने नगद लाभांश घटाएको छ । गतवर्षको मुनाफाबाट कम्पनीले दश प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुने छ । लघुवित्तको चुक्ता पूँजी १७ करोड ७१ लाख रुपैयाँ छ । बोनसपछि चुक्ता पूँजी १९ करोड ४८ लाख पुग्ने छ ।

लघुवित्तले गतवर्ष २ करोड ६१ लाख खुद नाफा आर्जन गरेको थियो । जसको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ७८ पैसा छ । मेरोलगानीबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!