आजै अन्तिमः कतै छुट्ने हो कि प्रोग्रेशिभ फाइनान्स आवेदन दिन !

काठमाडौं, असोज २३ ।

प्रोग्रेशिभ फाइनान्सले गत भदौ ५ गतेदेखि निष्काशन गरेको २८१ प्रतिशत हकप्रद शेयरमा आवेदन दिन मंगलबार (असोज २३ गते) अन्तिम दिन रहेको छ।

फाइनान्सले यसअघि असोज ८ गतेसम्म हकप्रद निष्काशन गरेकोमा १५ दिन म्याद थप गरेको थियो।

प्रोग्रेशिभ फाइनान्सले एक बराबर २.८१ कित्ताको अनुपातमा ५९ करोड एकलाख रुपैयाँ बराबरको ५९ लाख एक हजार कित्ता हकप्रद निष्काशन गरेको छ । हकप्रद शेयरको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको साथै बिक्री प्रबन्धक सनराइज क्यापिटल, प्रोगेशिभका सम्पुर्ण शाखा कार्यालय र सनराइज बैंकका विभिन्न शाखा कार्यालयहरुबाट आवेदन गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुरुप फाइनान्सलाई ८० करोड चुक्ता पूँजी कायम गर्नुपर्ने भएपछि कम्पनीले भारी मात्रामा हकप्रद बिक्रीमा ल्याएको हो ।

फाइनान्स कम्पनीले हकप्रद निष्काशनको लागि साउन २३ गते बुक क्लोज गरेकोले यस हकप्रदमा साउन २२ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न सक्नेछन् । कम्पनीको हाल कायम २१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । हकप्रदपछि फाइनान्स कम्पनीको ८० करोड रुपैयाँ चुक्ता पूँजी नाघ्ने छ। सोमबार कम्पनीको शेयर दोस्रो बजारमा प्रतिकित्ता १०६ रुपैयाँमा कारोबार भएको छ ।

गत आर्थिक वर्षमा ३५ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको फाइनान्सको प्रतिसेयर आम्दानी एक रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ७० पैसा छ । मेरोलगानीबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!