पृथ्वीकै भविष्य सङ्कटमा, कति सुरक्षित छ नेपाल ?

काठमाडौँ, असोज २३ । विश्वमै जलवायु परिवर्तनबारे भर्खरै आएको एउटा रिपोर्टले पृथ्वीकै अस्तीत्वमाथि खतरा मँडराइरहेको बताएको छ । संयुक्त राष्ट्र संघसमक्ष जारी यस रिपोर्टमा अभूतपूर्व स्तरमा वैश्विक जलवायु अव्यस्थाबाट बच्नको लागि विश्वले आफ्नो अर्थव्यवस्था र सामाजिक जीवनमा व्यापक परिवर्तन ल्याउनुपर्ने जनाएको छ ।

यसबाट विकासशील देशहरू प्रमुख रूपले प्रभावित हुने र र आउँदो १२ वर्षमा वातावरणीय व्यवस्थापनसम्बन्धी महत्वपूर्ण निर्णय गर्न नसकिएको खण्डमा विश्वको सर्वनाश रोक्न नसकिने उक्त रिपोर्टमा जनाइएको छ ।
उक्त रिपोर्टमा भनिएको छ यस विपत्तिबाट बच्न समय थोरै रहेको र यसका आवश्यक कदम तत्काल नचालिए ढिलो हुने समेत बताइएको छ ।

रिपोर्टमा भनिएको छ- पृथ्वीको औसत तापक्रम अहिले नै एक डिग्री सेल्सियस बढिसकेको छ र यो नै भीषण आँधी-बेहरी, घातक खँडेरी निम्त्याउन पर्याप्त रहेको छ । तापक्रममा यो वृद्धि केही वर्षमै तीन देखि चार डिग्री सेल्सियससम्म पुग्ने र यस्तो भएको खण्डमा जीवन साह्रै कठिन हुन जाने रिपोर्टमा उल्लेख गरिएको छ ।

रिपोर्टका अनुसार तप्कर्मको यो वृद्धि डेढ सेल्सियसभन्दा मुनि रहिराख्ने आधा-आधी सम्भावनाको लागि पनि विश्वले जुनसुकै हालतमा पनि सन् २०५० सम्म ‘कार्बन न्युट्रल’ रहिराख्नु पर्ने हुन्छ । यसको अर्थ हो पृथ्वीको सतहमा जति कार्बन डाइअक्साइड उत्सर्जन हुन्छ त्यति नै नष्ट पनि होस र त्यसकालागि पर्याप्त वनजङ्गल र हरियाली आवश्यक रहेको छ ।

वातावरणीय परिवर्तनका लागि अन्तरसरकारी समूह (इन्टर गवर्नमेन्टल प्यानल फर क्लाइमेट चेन्ज (आइपीसीसी)ले प्रस्तुत गरेको उक्त रिपोर्टमा पूर्ण विश्वासका साथ भनिएको छ- यदि हरित गृह ग्यासहरूको उत्सर्जन यसैगरी जारी रहेको खण्डमा चाँडोमा २०३० सम्म र बढीमा २०५० सम्म पृथ्वीको तापमानमा १.५ सेल्सियससम्मको वृद्धि हुनेछ र यसको लगत्तै तापक्रम बढ्ने क्रममा समेत तीव्रता आउने छ ।

आइपीसीसीका सह-अध्यक्ष र दक्षिण अफ्रिकाको डरबन सहरमा वतावारणीय योजना एवं जलवायु सुरक्षा विभागका प्रमुख डेबरा रोबर्टस भन्छिन्- मानव इतिहासमा आउँदा केही वर्ष सम्भवतः सर्वाधिक महत्वपूर्ण छन् ।

नीति निर्धारकहरूको तर्फबाट तैयार पारिएको ४ सय पृष्ठ लामो यस रिपोर्टमा वैश्विक तापक्रम वृद्धिले कसरी त्यसमाथि नियन्त्रणका लागि चालिएका मानवीय प्रयासहरूलाई विफा पारिदिएकोछ भन्ने कुरामा ध्यान केन्द्रित गरेको छ । साथै यसमा भविष्यमा जलवायु परिवर्तनक कारण आउने विनाशबाट बच्ने विकल्पहरूबारे समेत चर्चा गरिएको छ ।

आइपीसीसीका अर्का सह-अध्यक्ष र इम्पीरियल कलेज लण्डनको सेन्टर फर इन्भाइरोन्मेन्टल पोलिसीका प्राध्यापक जिम स्किया भन्छन्, “हामीले आफ्नो काम गरिसकेका छौं । हामीले संदेश पुऱ्याउने हो, पुऱ्यायौं । अब यसमा कारवाही गर्ने सरकारहरूको जिम्मेवारी हो ।”

यस रिपोर्टमा भारतको कोलकाता र पाकिस्तानको कराची जस्ता सहरहरूको खस्कँदो वातावरणीय अवस्थाबारे समेत चिन्ता व्यक्त गरिएको छ । उक्त रिपोर्टमा यी शहरहरूमा तातो हावा अथवा लू चल्ने खतरा बढ्ने चेतावनी दिइएको छ । यसो भएको खण्डमा यसको प्रत्यक्ष असर नेपालको पूर्वी तराईमा पर्न जानेछ, हुनत यसमा नेपालका शहरहरूबारे त्यस्तो चेतावनी भने जारी गरिएको छैन ।

रिपोर्टका अनुसार कराचीमा सन् २०१५ मा झैँ वर्षैपिच्छे लू चल्नसक्ने बताइएको छ । यसले मानव मृत्युदर समेत बढ्ने र आम श्रमजीवीहरूलाई गर्मीमा बाहिर निस्किन समेत अप्ठ्यारो हुने हुँदा बेरोजगारी र गरिबी समेत बढ्ने समेत खतरा रहेको छ । त्यसका लागि तापक्रम वृद्धिलाई सन् २०५० सम १.५ डिग्री सेल्सियसमुनि नै राख्न सक्नुपर्ने हुन्छ । यदि तापक्रम वृद्धिले यो सीमा नाघेको खण्डमा मकै, गहुँ, धान र अन्य अन्नबालको उत्पादन समेत प्रभावित भइ भोकमरीको स्थिति समेत सिर्जना हुनसक्ने समेत चेतावनी दिइएको छ ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!