गर्लफ्रेण्डकी छोरीलाई बलात्कार गर्नेलाई १६० वर्ष जेल !

एजेन्सी । पछिल्लो समयमा हाम्रो देशमा बलात्कारका जघन्य अपराधका घटनाहरु बढिरहेका छन् । उता विश्वको सबैभन्दा विकशित तथा शक्तिशाली देश अमेरिका पनि बलात्कारको मामिलामा कम छैन । हालै त्यहाँ एकजना पुरुषले बालिकामाथि बलात्कार गरेको आरोपमा १ सय ६० वर्षको जेल सजाय सुनाइएको खबर प्रकाशमा आएको छ ।

 

 

अमेरिकाको जर्जियामा यो घटना भएको हो । एटलान्टामा बस्ने ३४ वर्षका निकोलस डिओन नामका व्यक्तिले आफ्नै गर्लफ्रेण्डकी १० वर्षीया छोरीमाथि बलात्कार गरेको हो ।

 

 

१० वर्षीया बालिकामाथि बलात्कार गर्ने डिओनलाई एटलान्टाको अदालतले १ सय ६० वर्षको जेल सजाय हुने फैसला गरेको हो । अदालतले ती व्यक्तिको कार्य निकै शर्मनाक र जघन्य रहेको ठहर गरेको छ । दुई वर्षअघिको घटनामा अदालतले हालै फैसला सुनाएको हो ।

 

 

निकोलसलाई १ सय ६० वर्षको जेल सजायँ भएकोमा उनले १ सय ३६ वर्षसम्म पेरोल पनि पाउनेछैनन् । अर्थात् १ सय ३६ वर्षसम्म उनको कैद मिनाहा हुनेछैन र जेलमै बस्नुपर्नेछ । यसको अर्थ अब उनी नमरुन्जेल जेलमै बस्नुपर्नेछ ।

सम्बन्धित् समाचार  सैनिक विमान दुर्घटनामा परी १६ जनाको मृत्यु

ती व्यक्तिले १० वर्षीया बालिकालाई १० पटक बलात्कार गरका थिए । ८ वर्षको उमेरमा बालिका पहिलोपटक बलात्कारमा परेकी थिइन् । अहिले ती बालिका १३ वर्षकी भएकी छिन् । गत वर्ष १२ वर्षको उमेरमा ती बालिकाले बच्चा जन्माएकी थिइन् । निकोलसको बलात्कारकै कारण ती बालिकामा गर्भ रहन गएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: