तोलामा कतिले बढ्यो सुनको भाउ ?

काठमाडौं, असोज २४ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

मंगलबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर बजारमा सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार तेजावी सुन प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर बजारमा सुन प्रतितोला ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, बुधबार पनि बजारमा चाँदीको मूल्य स्थिर नै रहेको छ ।

मंगलबार बजारमा चाँदी प्रतितोला मूल्य ७४० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ७४० रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  सुनको मूल्य ६ वर्ष यताकै उच्च !
%d bloggers like this: