खाद्य संस्थानद्वारा सुपथ मूल्यमा खाद्यवस्तु बिक्री वितरण

तुलसीपुर, असोज २५ ।

नेपाल खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुरले चाडपर्वलाई मध्यनजर गर्दै सहुलियत दरमा खाद्यान्न बिक्री वितरण थालेको छ ।

बडादशैँ, तिहार र छठपर्वलाई ध्यानमा राख्दै खाद्यान्न बिक्री गर्न शुरु गरिएको हो । असोज १७ गतेदेखि खाद्यान्न बिक्री गरिरहेको सूचना अधिकारी नकुल चौधरीले जानकारी दिए ।

नेपाल सरकारले जिल्लामा पहिलो पटक सहुलियत दरमा बिक्री गर्न चामल पठाएको हो । चाडपर्वमा सर्वसाधारणलाई सहुलियत होस् भनेर सरकारले यस्तो निर्णय गरेको हो ।

सोना मन्सुली प्रतिकिलो रु ४१ र जिरा मसिनो प्रतिकिलो रु ५१ मा बिक्री वितरण भइरहेको छ । “सहुलियत दरमा बेच्न ५०० क्विन्टल चामल आएको छ,” चौधरीले भने । सर्वसाधारणले यहाँस्थित खाद्य संस्थानको कार्यालयबाट अगामी कात्तिक २७ गतेसम्म चामल किन्न सक्नेछन् । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!