चित्रकलाबाट चर्चित कुसल, एक महिनामा ३ अवार्ड !

काठमाडौं, असोज २५ ।

चित्रकलाबाटै यतिबेला चित्रकार कुसल बस्ताकोटी विश्वभर चर्चित भएका छन ।

लामो समयदेखि विभिन्न दृश्यहरुलाई आफ्नो चित्रकलामा उतार्दै आइरहेका उनले केही महिनाभित्रै चित्रकला सबन्धी तीन अवार्ड हात पारे ।

साथै उनी हालैमात्र ग्लोबल अवार्डमा समेत नोमिनेशनमा पर्न सफल भइसकेका छन् । उनले हालै विभिन्न देशहरुमा भएको चित्रकलामा आफ्नो चित्रकलालाई प्रतिस्पर्धा गराएका थिए । जहाँ उनी तीन ठाउँमा विजयी समेत बनेका छन ।

उनी भन्छन्– ‘यो मेरो सफलता भन्दा पनि सम्पुर्ण नेपालीको सफलता हो । पोखरामा जन्मिएका बस्ताकोटी हाल अमेरिकामा बस्दै आइरहेका छन ।

नेपालको प्रतिनिधित्व गर्दै उनले नेपालमा सुन्दर दृश्यहरुलाई विश्वभर देखाइसकेका छन । विशेष गरेर सुन्दर दृश्यहरुलाई आफ्नो चित्रकलामा उनी उतार्ने गर्दछन् ।

उनको अबको योजना भने नेपाल आएर आफ्ना चित्रकलाहरुलाई प्रर्दशन गर्ने रहेको छ । उनले साउथ कोरियामा समेत आफ्नो चित्रकला प्रर्दशनी गरिसकेका छन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!