ट्रम्पले झपारेपछि किन भयो भारतको बिल्लीबाँठ ?

एभरेस्ट टिप्पणी 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्य देशहरूलाई बेला बेला थर्काउनु अब नयाँ मानिन छाडेको छ । कहिले रुस, कहिले चीन, उत्तर कोरिया, इरान, सिरिया या पाकिस्तान; ट्रम्पले बेला बेला सबैलाई झपारेकै छन् तर हाम्रो दक्षिणी छिमेकी भारत भने आफूलाई ट्रम्पको ‘गुड लिस्ट’मा परेकोमा मक्ख थियो । तर यसपालि भने ट्रम्पले भारतको पनि नराम्ररी झाँको झारेका छन् ।

कुरो के हो भने केही दिन अघि मात्रै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका क्रममा दुई देशबीच ठुलो मात्रामा हतियार खरिदसम्बन्धी सम्झौता भएको थियो । जसमा भारतीय रक्षा प्रणालीका लागि महत्वपूर्ण मानिएको एस-४०० क्षेप्यास्त्र सुरक्षा प्रणाली खरिदसम्बन्धी महत्वपूर्ण सम्झौता समेत थियो ।

 

कहिले रुस, कहिले चीन, उत्तर कोरिया, इरान, सिरिया या पाकिस्तान; ट्रम्पले बेला बेला सबैलाई झपारेकै छन् तर हाम्रो दक्षिणी छिमेकी भारत भने आफूलाई ट्रम्पको ‘गुड लिस्ट’मा परेकोमा मक्ख थियो । तर यसपालि भने ट्रम्पले भारतको पनि नराम्ररी झाँको झारेका छन् । 

 

हुन त भारत परम्परागत रूपमा रुसकै सामरिक साझेदार रहिआएको हो । यहाँसम्म कि पाकिस्तानसँगको युद्धको अवस्थामा समेत अमेरिका र उसका सहयोगी राष्ट्रहरू एकपछि अर्को गरी भारत विरुद्ध मोर्चाबन्दीमा रहेका बेला तत्कालीन सोभियत संघले उसलाई महत्वपूर्ण सहयोग गरेको थियो ।
तर, शीतयुद्धको अन्त्य, सोभियतसंघको पतन, भारतले अपनाएको आर्थिक उदारीकरणको नीति र बदलिँदो विश्व परिदृश्य भारत बिस्तारै आफूलाई अमेरिका निकट उभ्याउन मद्दत गऱ्यो ।

२०१४ मा भारतमा मोदीको र २०१६ मा अमेरिकामा ट्रम्पको उदयपश्चात यी दुई देश अभूतपूर्व रूपमा नजिक आए । त्यति मात्र होइन अमेरिकाले वर्षौंदेखि पाकिस्तानलाई उपलब्ध गराउँदै आएको सुरक्षा राशि समेत बन्द गर्ने घोषणा गऱ्यो ।

त्यति मात्र होइन ट्रम्पले चीन विरुद्ध घोषणा गरेको व्यापारयुद्धपछि भारतले आफू अमेरिकाको सर्वाधिक विश्वासपात्र रहेको समेत अर्थ्यायो । र भारतीय संस्थापनको मनोविज्ञानले आफूलाई स्थानीय अमेरिकाको रूपमा देख्न थाल्यो ।

भारत पनि यस कानुन अन्तर्गत प्रतिबन्धित भएको खण्डमा यसले निरन्तर ओरालो लागिरहेको भारतीय रुपैयाँको स्वास्थ्यमा पार्ने प्रभाव र भारतीय संस्थापनको मनोविज्ञानमा पार्ने प्रभावको आकलन भविष्यले गर्ने छ ।

कुनै समय बेलायती औपनिवेशिक मनोविज्ञानद्वारा निर्देशित भारतीय कूटनीतिले यस अवस्थामा आफूलाई क्षेत्रीय महाशक्तिको रूपमा देख्नु अस्वाभाविक थिएन । उसले नेपाल, भुटान, माल्दिभ्स या श्रीलंका जस्ता साना देशहरूसामु सदैव आफूलाई ‘ठूल्दाई’को रूपमा प्रस्तुत गर्न भ्यायो ।

जबकि पछिल्लो समय उसका छिमेकीहरू एक-एक गरेर उसकै शब्दमा ‘चीनको पोल्टामा’ जान थालेपछि विक्षिप्त बनेको भारतलाई पिठ्युँमा अमेरिकी धापले केही सन्तोष दिएको थियो तर मौसम झैं ‘मुड’ भएका ट्रम्पले रुससँगको सुरक्षा सम्झौताप्रति आफ्नो स्पष्ट असन्तुष्टि व्यक्त गरेपछि भने भारत झस्केको हुनुपर्दछ ।

यो सम्झौता भएको हप्ता दिनभन्दा केही मात्रै बढी भएको छ । सुरुमा ट्रम्पले यसबारे कुनै टिप्पणी नगर्दा ढुक्क भएको भारतलाई ट्रम्प यस सम्झौता पछि कुन हदसम्म असन्तुष्ट रहेका रहेछन् भन्ने आभास वुधबार आएको अमेरिकी राष्ट्रपतिको प्रतिक्रियाले देखाएको छ ।

ट्रम्पले रुसबाट एस-४०० क्षेप्यास्त्र सुरक्षा प्रणाली खरिद गरेर ठुलो गल्ती गरेको र यो प्रतिबन्धका माध्यमले अमेरिकी प्रतिकूलतासँग प्रतिरोध गर्ने कानुन, काउन्टरिङ अमेरिकाज एडभर्सरीज थ्रू स्यांक्सन्स-काट्साको उल्लङ्घन रहेको र भारतले यसको परिणाम भोग्नु पर्ने बताएका छन् ।

 

छिमेकीहरू एक-एक गरेर उसकै शब्दमा ‘चीनको पोल्टामा’ जान थालेपछि विक्षिप्त बनेको भारतलाई पिठ्युँमा अमेरिकी धापले केही सन्तोष दिएको थियो तर मौसम झैं ‘मुड’ भएका ट्रम्पले रुससँगको सुरक्षा सम्झौताप्रति आफ्नो स्पष्ट असन्तुष्टि व्यक्त गरेपछि भने भारत झस्केको छ । 

 

 

भर्खर मात्र सम्पन्न रुसका राष्ट्रपति पुटिनको भारत भ्रमणपश्चात दुई देशबीच महत्वपूर्ण सुरक्षा सम्झौता भएको थियो । ट्रम्पले यसको नतिजा भारतले छिट्टै थाहा पाउने र सारा संसारले यसबारे थाहा पाउने समेत बताए ।

त्यसका साथै ट्रम्पले ४ नोभेम्बरपछि पनि इरानसँग तेल आयात जारी राख्ने देशहरू समेतले अमेरिकी क्रोधको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । यसो भएको खण्डमा पनि भारतलाई ‘दण्डित’ गर्न अमेरिकालाई राम्रो बहाना मिल्नेछ । किनभने इरान भारतको महत्वपूर्ण तेल साझेदार हो ।

के हो काट्सा?

काट्सा २०१७ मा पारित अमेरिकी संघीय कानुन हो जसले अमेरिकी हित विपरित व्यापार गर्ने देशहरू विरुद्ध प्रतिबन्ध लगाउने अधिकार प्रत्यायोजन गर्दछ । अमेरिकी संसद्को ११४ औं कांग्रेसद्वारा पारित यस कानुनले ट्रम्प प्रशासनलाई आर्थिक र राजनैतिक प्रतिबन्धहरूका माध्यमले रुस, इरान र उत्तर कोरिया विरुद्ध कारवाही गर्न अधिकार प्रदान गर्दछ । यस कानुन अन्तर्गत यी तीन देशहरूसँग व्यापार गर्ने देशहरूले समेत अमेरिकी प्रतिबन्धहरूको सामना गर्नु पर्ने हुन्छ ।

म्पले चीन विरुद्ध घोषणा गरेको व्यापारयुद्धपछि भारतले आफू अमेरिकाको सर्वाधिक विश्वासपात्र रहेको समेत अर्थ्यायो । र भारतीय संस्थापनको मनोविज्ञानले आफूलाई स्थानीय अमेरिकाको रूपमा देख्न थाल्यो ।

यस अघि चीनका रक्षा कम्पनीहरूले यस प्रकारको प्रतिबन्धको सामना गरिरहेका छन् । यदि भारत पनि यस कानुन अन्तर्गत प्रतिबन्धित भएको खण्डमा यसले निरन्तर ओरालो लागिरहेको भारतीय रुपैयाँको स्वास्थ्यमा पार्ने प्रभाव र भारतीय संस्थापनको मनोविज्ञानमा पार्ने प्रभावको आकलन भविष्यले गर्ने छ । काट्साप्रति यसअघि नै युरोपियन युनियनले असन्तुष्टि जनाइसकेको छ ।

यस प्रकारको प्रतिबन्ध भारत विरुद्ध लागेको खण्डमा भारत जुनसुकै मूल्य चुकाएर पनि अमेरिकी विश्वासपात्र बन्ने प्रयत्न जारी राख्छ या वैश्विक रूपमा ध्रुवीकरणको क्रममा रहेको अमेरिकी वर्चस्वविरुद्धको मोर्चाबन्दीमा सामेल हुन्छ भन्नेबारे निर्णय गर्ने अधिकार समेत तत्कालकालागि मोदी नेतृत्वको भारतसँग रहेको छ । तर जेभएपनि केही दिन अगाडिसम्म अमेरिकी धापमा रमाइरहेको भारतकालागि ट्रम्पको यो ‘झपाराई’ले तिरिमिरी झ्याईँ पार्ने खालको देखिन्छ ।

कमेन्ट गर्नुहोस्