४० हजार घुससहित उपसचिव साह पक्राउ !

पर्सा, असोज २५ ।

पर्साका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख उपसचिव लालबाबु साह पक्राउ परेका छन् ।

उनी ४० हजार घुस रकमसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले जनाएको छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले वीरगञ्जको चिनीमिल आवास क्षेत्रमा रहेको क्वार्टरबाट घुससहित पक्राउ गरेको हो ।

जगरनाथपुर गाउँपालिका अन्र्तगत वडा नम्बर –३, बिजवनियामा रहेको श्री नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालयको बैक खाता फुकुवा गर्न साहले घुस लिएका हुन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  भोलि गोलाप्रथाबाट राष्ट्रिय सभा सांसदको भाग्य फैसला हुने !
%d bloggers like this: