बजारमा सुनचाँदीको मूल्य आकाशियो !

काठमाडौं, असोज २६ ।

साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ ।

बुधबार बजारमा छापावाल सुन प्रतितोला ५९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर बजारमा सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीबार तेजावी सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर बजारमा सुन प्रतितोला ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, शुक्रबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।

बिहीबार बजारमा चाँदी प्रतितोला मूल्य ७४० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  ह्वात्तै बढ्यो सुनको मूल्य
%d bloggers like this: